jQuery(document).ready(function($){ //
});


मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाको दुर्गम क्षेत्रको रुपमा परिचत वडा नं. १ रमिते खाेला वडा कार्यालयबाट नै सामाजीक सुरक्षा भत्ता वितरण कार्य शुरु भएको छ । सोमबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राई, प्रमुख प्रसाशकीय अधिकृत होम प्रसाद पौडेल, वडाध्यक्ष पर्वत राईको उपस्थितीमा सामाजिक शुरक्षा भत्ता वितरण गरीएको वडाध्यक्ष पर्वत राईले बताउनु भयो ।
यो संगै मिक्लाजुङ गाउँपालिका वडा नं. १ का सामाजीक सुरक्षा भत्ता प्राप्त गर्नेहरुले वडा कार्यालयबाटै सेवा प्राप्त गर्ने भएका छन । वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता प्रप्त गर्न पाउँदा आफुलाई खुसी लागेको जेष्ठ नागरीक पुत्र जित राई ले बताउनु भयो ।वडा नं. १ मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि एन एम बी बैंक मधुमल्ला शाखा मार्फत त्यहाँका नागरीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने एन एमबी बैंकका मधुमल्ला शाखा प्रमुख मनीश घिमीरेले बताउनु भयो । साविक रमीते खोला गाबिसको पुर्ण भाग समेटीएर बनेको वडा नं. १ मिक्लाजुङ गाउँपालिका क्षेत्रको सबै भन्दन दुर्गम क्षेत्रको रुपमा परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय