jQuery(document).ready(function($){ //
});

।। दिनेश पौडेल।।दमक, ११ माघ

मंगलबार काठमाण्डौंमा आत्मदाहबाट ज्यान गुमाएका इलामका युवा उद्यमी प्रेम आचार्यको स्मृतिमा दमकका युवाहरुले बुधबार साँझ दिपप्रज्वलन गर्नुका साथै श्रद्धाञ्जली सभा गरेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दमकस्थित गणतन्त्र चौकमा आयोजित आचार्यको स्मृतिमा दमकका युवाहरुले दिपप्रज्वलन गर्नुका साथै श्रद्धाञ्जली सभा गरेका हुन् । सो क्रममा युवाहरुले सरकारलाई ब्यवसायीको रक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

दिपप्रज्वलन तथा श्रद्धाञ्जली सभामा दमकका सामाजिक क्षेत्रमा क्रियाशिल तथा युवा नेता सुवास सुवेदी, हिमालयन टाइगर क्लबका अध्यक्ष रेवतराज भण्डारी, व्यवसायी जे बिमली, सामाजिक अभियान्ता सुरज शर्मा बन्जारा लगायत युवाहरुको सहभागिता रहेको थियो ।

युवा उद्यमी आचार्यले ब्यवसायबाट असफलता प्राप्त गरेको र राज्यले पनि आफ्नो समस्या नसुनेको भन्दै मंगलबार काठमाण्डौंस्थित संसद भवन अगाडी आत्मदाह गरेका थिए । उनको बुधबार बिहान उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय