jQuery(document).ready(function($){ //
});
– इन्द्र प्रसाद ओली


लागू औषध भनेको जुन बस्तु स्वस्थ्य सरिरभित्र प्रवेस गरि सके पछि मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर गरी सोच्न सक्ने, सम्झन सक्ने , ठिक वेठिक निर्णय गर्ने स्थिती बाट टाढा हुन्छ वा लाग्छ लठ्ठाउछ , लत बसाउछ ,व्यवहार परिवर्तन गराउद छ भने त्यस्ता पदार्थ लाई लागू औषध दुर्व्यसन भनिन्छ।
अघाउने कुरा खानेकुरा कुरा हो भने नसा लाग्ने लठ्याउने , लत बसाउने व्यवहार परिवर्तन गराउने , भ्रम पार्ने शिथिल बनाउने , झुम्म बनाउने आदि लागू औषध वा नसाजन्य पदार्थ हो । प्राकृतिक , अर्धप्राकृतिक , रसायनिक जुनै बस्तु भए पनि लागू औषध हुन ।
कुनै पनि व्यक्ती कुनै पनि नसामा आत्मनिर्भर हुन्छ वा नसा नलीइ बस्न सक्दैन त्यसता ब्यक्ती लाई लागू औषध प्रयोग कर्ता भनिन्छ।वा जो व्यक्ती नसा लाई निरन्तर्ता दिन्छ ,दुरुपयोग गर्द छ त्यो नै दुर्व्यसन हो ।उसको पहिलो प्राथामिकता नै नसा सेवन नै हुन्छ ।

   जब आफ्नो  परिवार को सदस्य वा नजिकको मान्छे लागुऔषध दुर्व्यसनसँग   सम्बन्धित गतिविधिमा छ वा कुलतमा लागेको छ, भने परिवार का अन्य  सदस्यहरुले कुलत दुर्व्यसनमा फसेका सदस्यहरुको  कसरी छिटो मदत गर्न सकिन्छ भन्ने कुराको  जानकारी आवश्यक हुन्छ।  चेतना नेपाल वि स २०६२ साल देखि यहि सुचना सम्प्रेष्ण गर्दै , जोखिममा रहेका युवा युवती , अभिभावक  र स्वयम् दुर्व्यसनमा रहेका लागू औषध प्रयिगकर्ता लाई सचेतना मुलक शिक्षा प्रधान गर्दै आएको छ ताकी दुर्व्यसनलाइ न्युनिकरण गर्न सकियोस भन्ने उद्देश्य यही हो।  वि स २०६२ देखि  हाल सम्म धेरै युवा युवती लाई समयमा सहि शिक्षा वा जानकारी गराउदै धेरैको जीवन बाचाउँदै आएको छ ।

चेतना नेपाल कुनै पनि व्यक्तिले दुर्व्यसनका कारण अकालमा मृत्युवरण गर्न नपरोस भनी गतिविधी सञ्चालन गर्दै आएको छ । यहाँ हरुका घर परिवार वा नजिकका नातागोता इष्टमित्र छरछिमेक हरूले यदि लागू औषध दुर्व्यसनको पिडामा पर्नु गर्नुभएको छ भने वा लागुऔषध दुर्व्यसन बाट बाहिर ल्याउन समस्या समाधान गर्न चाहनु हुन्छ ? हामी मदत गर्न तयार छौ ।हामी लाई विस्वास छ यो समस्या घर भित्र लुकाएर राक्नु हुने छैन आशावादी छौ ।
जसरी कुनै पनि घरको सदस्यहरु अन्य रोगका कारण विरामी भएमा उपचारका लागि धामी झाक्री, वैद्य , अस्पताल लान्छौ त्यसै गरि नसाका रोगी हरुलाइ पनि पनि उपचार आवश्यक हुन्छ , यिनी हरुका लागि उपचार भनेको उपचार तथा पुर्स्थापना केन्द्र मात्र हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यहाँ हरुलाइ कुतल वा लागू औषध दुर्व्यसनसँग सम्बन्धित जिज्ञाशा भए परामर्स को आवाश्यक भए परामर्स वा सामान्य प्रश्न र उत्तरहरू पाउनुहुनेछ। यहाँ हरले भोग्दै ,सामना गर्दै गरेको समस्या वा कुनै अरू मदत वा अन्य जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।

लागू औषध प्रयोगकर्ताका साधारण लक्षण के-के हुन् सक्छन त ?
लागुपदार्थको दुर्व्यसनमा रहेका व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी, जस्तै विद्यालय जाने विद्यार्थी भए विद्यालय क्रमस जान छोड्ने पढाइ कमजोर बन्दै जाने । व्यापारी भए व्यापार घाटा हुँदै जाने ,आफ्नो काम परियोजनाहरू,बिस्तारै खस्कने आर्थिक समस्या देखापर्दै जाने परिवार सग झर्कोफर्को गर्ने , सामाजीक गतिविधी , पारिवारी गतिविधिमा चासो घट्दै परिवारको हेरचार, छोराछोरी वा अन्यहरूको जिम्मेवारी लिन असफल रहन्छन्। तिनीहरू प्राय आफूलाई सफा राख्न र आफ्नो हेरचार गर्न सफल हुँदैनन। तिनीहरू प्राय सामान्यतया राम्ररी सुत्दैनन् र राम्ररी खाना पनि खाँदैनन्, सामान्य उठ्ने समय मा उनिहरूले लामो घण्टासम्म उठेकोले वा अल्छि र निद्रा लागेकोले गर्दा घरपरिवार का व्यबहारिक प्रश्न गरियो भने तिनीहरू क्रोधि र विरोधी र शत्रूतापूर्ण पनि हुन सक्छन्। उनीहरूको मित्र परिवर्तन हुन सक्छ र तिनीहरू धेरै समय आफन्तहरूको सम्पर्कभन्दा टाढा बस्न सक्छन्। व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा बाहिर बाहिरनै रमाउने रुपिया पैसाको सदैव अभाव देखाउछन । ट्याइलेटमा एकान्त स्थानमा धेरै समय बिताउछन ।तिनिहरु गोप्यस्थान को खोजी र पैसाको जोहो गर्न र लागू औषध कसरी प्राप्त गर्न सकिन्छ भन्ने चिन्तामा मात्र व्यस्त हुन्छ्न त्यही सोचाइमा रहिरहन्छन ।

लागुऔषध दुर्व्यसनको निरन्तर्ताले नै दुर्व्यसनी बन्न सक्छन ?
प्रतिकूल सामाजिक मानसिक र शारीरिक परिणामहरूका साथै कुलत ( दुर्व्यसन )एउटा यस्तो अवस्था हो जसको बिशेषता बारम्बार, बाध्यकारी बनिदिन्छ र लागूपदार्थ, मादकपदार्थ वा अन्य त्यस्तै पदार्थको प्रयोग नै दैनिकी बनिदिन्छ । यो सामान्यतया लागुऔषध प्रति मनोवैज्ञानिक र शारीरिक रूपमा निर्भरता र लागुऔषध फेरि सेवन गर्ने लक्षण देखाउँछ जब कसैले लागुऔषधको प्रयोग हटाउछ या रोक्छ। कुलतमा परेका बेला, व्यक्तिले लागुऔषध भन्दा लागुऔषधले व्यक्तिलाई नियन्त्रण गरी रहेको हुन्छ। जब एक व्यक्तिको लागुऔषध वा मादकपदार्थको प्रयोग गर्नुहुन्छ वा हुँदैन भन्नेबारे तर्क‍सँगत छनौट गर्ने क्षमता हराउछ, उ कुलतमा फसिसकेको हुन्छ त्यो अवस्था नै कुलत दुर्व्यसनि वा लागू औषध प्रयोकर्ता को अवस्थाहो ।

कति छिटो एक व्यक्ति लागुऔषध आशक्त बन्न सक्छ?
केही लागूपदार्थसँगै, कुलत धेरै चाँडै उत्पन्न हुन सक्छ। यसको अर्थ एक, दुई वा तीन चोटिको सेवन पछि, लागुऔषध सेवन गर्ने यस्तो बलियो इच्छाहरू हुन सक्छ कि थाहा हुँदा हुँदै उ फेरि लागुऔषध तिर पुग्छ। केही मान्छेहरूले यो रिपोर्ट गरेका छन् कि मेटाफेटामाइन, कोकिन र ओक्सीकोडोनले यसरी नै काम गरेका छन्। एक्सटेसी (ऐम डि ऐम ऐ) को चाँडै लत लाग्न सक्छ। मादकपदार्थ र गाँजा सामान्यतया बिस्तारै तर अधिक लत लाग्न सक्छ।
लागुऔषध दुर्व्यसनद्वारा उत्पन्न समस्या के के बन्दछन?
जुन समुदायमा उच्च मात्राको लागपदार्थ दुर्व्यसन भईरहेको हुन्छ त्यहाँ हत्या र हिंसाको मात्रा पनि उच्च हुन्छ र त्यो स्थितिमा घरेलु र बाल दुर्व्यसनको वृद्धि पनि हुन्छ। धेरै मानिसहरू दुर्घटनामा घाइते हुने मुख्य कारण मादकपदार्थ र लागुपदार्थ सेवनको असरले गर्दा हो। आज लागू औषध प्रयोग कै कारण समाजमा ६२ प्रतिस भन्दा बढी अपराधिक कृयाकलाप , सवारी दुर्घटना भएको छ। अधिक जोखिमपूर्ण यौन सम्पर्कको करण बढी गर्वधारण र यौन प्रसारित रोगहरू हुन सक्छन्। घरबार विहीन हुने, बेरोजगारी र लागूपदार्थबाट मृत्‍युमा वृद्धिदर बढेको छ।

यदि गर्भवती महिलाले लागुपदार्थ सेवन गर्‍यो भने के हुन सक्छ?
धेरै लागुपदार्थहरूले प्लासेन्टाको माध्यमबाट भ्रुणमा असर गर्छ। ‍क्र्याक कोकिन, डाक्टरको सल्लाह अनुसार लिएको मेथाडोन, हाइड्रोकोडोन र ओक्सिकोडोन, हिरोइन, मेथ वा मेथाफेटामाइनको प्रयोगको कारण जन्मिन लागेको बच्चा पनि लागुपदार्थको दुर्व्यसनी हुन्छ। मादकपदार्थको प्रयोगले गर्दा धेरै कम जन्म वजन र शरीरिक हानी र साथसाथै विकास र बौद्धिक समस्याहरू हुन सक्छ। कोकिनको प्रयोगले जन्म देखि अपाङ्ग हुन सक्छ। अन्य पदार्थहरू जस्तै एल.अस.डि, र एम डि एम ए, को कारण गर्भपात वा समय नपुगी जन्म हुने हुन्छ।

सुधार कार्यक्रमले साँच्चै लागूपदार्थ दुर्व्यसनको अन्त गर्न सक्छ?
एक व्यक्तिले सुधार कार्यक्रम ध्यानपूर्वक छनौट गर्नुपर्छ। प्रभावकारी सुधार कार्यक्रम लागुऔषधको सेवन कम गर्न वा लागुऔषध मुक्त जीवन रमाइलो गर्न एक व्यक्ति सेवन गर्ने इच्छाहरू हटाउन सक्षम हुनुपर्छ। प्रत्येक व्यक्तिले जुन परिस्थितिमा पहिले लागुऔषध प्रायोग गर्न थालेका थिए त्यसलाई सुधार गर्नु पर्छ, र तिनीहरूले सो कुलतद्वारा नष्ट भएको जीवन प्रतिस्थापन गर्न नयाँ जीवन पुनर्निर्माण गर्नुपर्छ। चेतना नेपालको उचित परामर्स बाट लागुऔषध र मादकपदार्थ सुधार कार्यक्रमको थालनी गर्नु पर्छ।
लागुऔषध दुर्व्यसन गर्ने व्यक्तिलाई कसरी मदत गर्न सक्छु?
व्यक्तिले जे बाहाना बनाएपनि, लागुपदार्थ तथा लत लाग्ने लागुपदार्थको वा अन्य पदार्थ दुर्व्यसन परिसकेका हरु स्वयम् आफू कुलत बाट बाहिरिन चाहे पनि सक्दैनन । नसामा परेका व्यक्तिलाई मद्दत गर्ने सबैभन्दा राम्रो तरिका तिनीहरूलाई रोक्न सक्नु हो। यदि उनिहरुहरूले रोक्न र प्रयास गर्ने कसम खाएपनि असफल हुन्छन्, तपाईंको मद्द्तले उनीहरूलाई लागुऔषध मादकपदार्थ सुधार कार्यक्रममा ल्याएर उनीहरूको जीवन बचाउनु हो।
दुर्भाग्यवश, धेरै यस्ता कुलतमा फसेका मान्छे आफ्नै समस्या हेर्न असफल हुन्छन् र मदत इन्कार गर्दछन्। धेरैले परिवारको असहयोगका कारण , परिवारले यो नासा पनि एक किसिमको रोग हो उपचार सम्भव छ भन्ने धारण नबनाइ दीएका कारण अकालमै कति मृत्युको मुखमा छन भने कतिले ज्यान गुमाएका छन ।
हाम्रो चहाना यहि हो नसाका रोगिको पहिचान गरौ , परामर्श लियौं उपचार तथा पुर्स्थापना गरौ ।जसरी अन्य रोगका रोगी लाई समयमा उपचार माया दया करुणा गर्द छौ त्यसै गरि नया का रोगिलाइ पनि माया हेरचाह गरौ , अर्ति र गाली होइन उपचार र पुर्स्थापना गरौ। चेतना नेपाल यहाँ हरुलाइ मद्द्त गर्न चहान्छ ।

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
सम्पर्क न ९८०७९९२७६६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय