गोबिन्द कट्टेल
आज सरस्वती पुजा, दमक सहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ । आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ ।
सरस्वतीलाई विद्याकी देवीको रूपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरूलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरूमा घुइँचो लागेको हो ।