jQuery(document).ready(function($){ //
});

गोबिन्द कट्टेल


आज मिति २०७९/१०/१२ गते मोरङ्ग सुन्दर हरैचा नगरपालीका स्थित नया विन्द्रावन एवम गौशलाको प्राङ्गढमा उपमन्यु ऋषिकाे शालीक एक कार्यक्रम विच अनावरण गरिएको छ।
उपमन्यु ऋषिको शालीक निर्माण समितिका अध्यक्ष जगदिश प्रसाद ओली ज्यु को सभापतित्व मा कार्यक्रम सञ्चालन रहयो ।उक्त कार्यक्रमा उपमन्यु ऋषिका सन्तान निर्माण समितिका संरक्षक सामाजिक धार्मिक व्यक्तित्व सुन्दर हरौचा नगरपालीका पुर्व नगर प्रमुख शिव ढकाल ज्यु को प्रमुख आतिथ्यता एवम राष्ट्रीय हिन्दु एकता मन्च नेपालका राष्ट्रीय अध्यक्ष इन्द्र प्रसाद ओली ,मैनाली समाजका संरक्षक मीन प्रसाद मैनाली ,ओली वंश समन्वय केन्द्रीय समिती का केन्द्रीय सदस्य एवम उपमन्यु ऋषि सालीक निर्माण समितिका उपाध्यक्ष अनिरुद्र ओली , धामका पिठाधिश गुरु आचर्य दिनवन्दु शास्त्री,ओली वंश समन्वय समिति झापा का अध्यक्ष भवानी प्रसाद ओली ,मैनाली समाज झापाका अध्यक्ष श्रीप्रसाद मैनाली ,ओली वंश समन्वय समिती झापाका उपाध्यक्ष निरज ओली,समाजका अग्रज व्यक्तित्व यादव ओली, डिल्लीराम मैनाली , गोपाल ओली ,जय ओली ,आदरणिय आमा नर माया ओली , विना ओली ,राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल आत्मा ज्ञान जागरण अभियान कि केन्द्रीय सदस्य कृष्ण देवि चुडाल ओली , ज्यु लगायत विशिष्ठ अतिथी , विशेष अतिथी ,अतिथिको आतिथ्यता रहेको थियो।
कार्यक्रम ऋषि ,पित्रीदेव कुल देवताको स्मरण गर्दै मौन धारणा , ॐ कार ध्वनी ,बाट सुरु गरिएको थियो। कार्यक्रम उद्घाटन प्रमुख अतिथी शिव ढकाल ले शालीक अनावरण,दिपप्रज्वलन गर्नु भएको थियो भने वटुक द्धारा स्वोथिवचन गुरुजन बाट पुजा आजा गरिएको उक्त कार्यक्रम औचित्य र स्वगत मन्तव्य अनिरुद्र ओली ले गर्नु भएको थियो ।
वक्ताको रुपमा भवानी प्रसाद ओली,मीन प्रसाद मैनाली आचार्य गुरु दिनवन्दुशास्त्री इन्द्र प्रसाद ओली ले आ – आफ्ना मन्तव्य राख्ने क्रममा सबै गोत्रका ऋषि हरुको पहिचान गरि सबै जाती हरु कुन कुन ऋषिका सन्तान हुन भन्ने अनुसंन्धान गरि वैदिक मान्यता अनुसार तथ्य सार्वजानिक गरिनु पर्छ भन्ने मा सबैको जोड रहयो। नेपालको पहिचान सग सभ्यता संस्कार संस्कृती सग जोडिएका धरोहर लाई संमरक्षण सम्बर्द्धन गर्नु आज को आवाश्यक रहेको र नेपालको पुर्ण अनुसंन्धान हुन नसकेको ,बाहिर ल्याउन नसकिएको ,जन – जनमा नेपालको गौरव को अनुभूति दिन नसक्दा आज आफ्नो पहिचान गुम्दै गएकोमा दु: ख व्यक्त समेत वक्ता हरुले व्यक्त गरेका थिए।
आगामी दिन मा सबैलाइ एकता मालामा गासी सबै प्रती सम्मान गर्दै नेपाललाइ पुर्जागरण गर्न लागि पर्ने प्रतिवद्धता समेत उपमन्यु गोत्रका वक्ता हरुले जनाउनु भयो।
उल्लेखनी प्रतिनिधि मुलक झापा , मोरङ्ग, सुनसरी का उपमन्यु गोत्र का महानुभाव हरुको उपस्थिती रहयो कार्यक्रम सञ्चालन ओली वंश समन्वय समिती झापा का सचिव राजेन्द्र ओली ( राज ओली ) ले गर्नु भएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय