jQuery(document).ready(function($){ //
});

नेपालका अति विशिष्ट विद्वान व्यक्तित्व डा• निर्मलमणि अधिकारीज्यूबाट लामो समयको अनुसन्धान, अनुष्ठान र साधनाको फलस्वरूप मौलिक दर्शन र सिद्धान्त अभिनिर्माण गर्दै नेपालको धर्तीमा जरोकिलो विचारधाराको विजारोपण गर्नु भएको थियो । यही विचारधारालाई राष्ट्रका हरेक आयाममा मूलप्रवाहीकरण गर्दै नेपाललाई विश्वको केन्द्रका रूपमा स्थापित गर्ने पवित्र उद्देश्यसहित २०७२ साल घटस्थापनाका दिन सपत्नी सङ्कल्प गर्दै बसन्त पञ्चमीका दिन जरोकिलो महाअभियानको स्थापना गर्नु भएको थियो ।स्थापना पश्चात आजका दिनसम्ममा लाखौं सहृदयीजनहरू जरोकिलो महाअभियानलाई आत्मसात गर्दै यसको लक्ष्य हासिल गर्न कर्मरत रहनु भएको छ ।

यसै सिलसिलामा आज वसन्त पञ्चमीका दिन नेपाल र विदेशका विभिन्न स्थानहरूमा जरोकिलो महाअभियानको सातौं स्थापना दिवस विविध कार्यक्रमका बीच सम्पन्न गरियो । किरात संस्कृतिमा आधारित खुवालुङ नाटकलाई रू ५१,००० |- पुरस्कार प्रदान गर्दै मूल समारोह बागमती प्रदेशको भक्तपुरमा आयोजना गरिएको थियो भने प्रदेश १ को समारोह झापा जिल्ला कनकाई नगरपालिकास्थित सुरूङ्गा बजारमा आयोजना गरिएको थियो ।

जरोकिलो प्रतिष्ठान नेपालका संस्थापक सदस्य नम्रता उप्रेतीको सभापतित्वमा सञ्चालित प्रदेश १ को कार्यक्रममा गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा मृत्युवरण गर्नुहुने सहृदयीजनहरू एवम् सरकारी संयन्त्रको असक्षमताले निरास भएर गत माघ ११ गते आत्मदाहको कारण मृत्युवरण गर्नुहुने प्रेमप्रसाद आचार्य सहितको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । उक्त अवसरमा स्थानीय जेष्ठ नागरिकहरूलाई न्यानोलुगा वितरण गर्नुका साथै श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बीर नेपाली मुद्रामा अंकित गर्न हस्ताक्षर सङ्कलन अभियान समेत सञ्चालन गरिएको थियो । कार्यक्रमको शुरूवातमा शङ्ख, घण्टीसहित नगर परिक्रमा गर्दै कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा जरोकिलो अभियानकर्ताहरू अनिल कुमार चौधरी, रोमादेवी निरौला, अर्जुनकुमार भट्टराई, रामप्रसाद अधिकारी, राजकुमार दाहाल, लिलाराज न्यौपाने, प्रसन्न अधिकारी, उमाकान्त सिटौला, रोहित कुमार दुलाल, दिपेन्द्र घिमिरे, चुडामणि अधिकारी, शान्ता खतिवडा, अर्जुन दाहाल, रूपक डाँगी लगायत स्थानीय महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न वक्ताहरूले आजको परिवेशमा जरोकिलो महाअभियानको अपरिहार्यता, सान्दर्भिकता र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय