आज मिति २०७९/१०/१३ गतेका दिन झापा विर्तामोड नगरपालीका वडा न ४ स्थित कृष्ण नगर टोल विकास संस्था को दोस्रो साधरण सभा सम्पन्न भएको छ।
समितिका अध्यक्ष बल बहादुर श्रेष्ठ को अध्यक्षता एवम विर्तामोड नगरपालीका वडा न ४ का वडा सदस्य केशव श्रेष्ठ को प्रमुख आतिथ्यता मा सञ्चालीत सभामा राष्ट्रीय हिन्दु एकता मञ्छ नेपालका राष्ट्रीय अध्यक्ष इन्द्र प्रसाद ओली , झापा मालपोत कार्यलय का अधिकृत दिपेन्द्र कुमार खत्री, विर्तामोड नगरपालीका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल नेपाल पुर्व प्रहरी संगठन १ न प्रदेस सचिव देविभक्त आचर्य नेपाल पुर्व प्रहरी सगठन विर्तामोड नगर समितिका का अध्यक्ष मोहन विक्रम मल्ल ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
उक्त साधरण सभा मा उकृष्ट कार्य गर्ने सबिता खनाल पोखरेल , सुमन श्रेष्ठ र इन्द्र प्रसाद मिश्र लाई प्रमाण पत्र खादा सहित सम्मान गरेको थियो ।
कार्यक्रम को स्वागत मतव्य समितिका सदस्य सुमन श्रेष्ठ ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव कृष्ण देवकोटा ले गर्नु भएको थियो ।
उदघाटन सत्रको समापन सगै नया ११ जनाको कार्य समिति समेत निर्वाचित भएका छन ।
[१]अध्यक्ष बला बहादुर श्रेष्ठ
[२]उपाध्यक्ष सविता खनाल
[३]सचिव गणेश खरेल
[४]कोषाध्यक्ष अस्मिता श्रेष्ठ
[५]सदस्य सुरेन्द्र मैनाली
[६]सदस्य शिव बस्नेत
[७] सदस्य रमेस राजवंशी
[८] सदस्य प्रेम जगेवु
[९] सदस्य हिमा प्रसाईं
[१०] सदस्य वर्षा लिम्बू
[११] प्रकाश साह संकार
सर्व सहमती बाट निर्वाचित हुनु भएको छ निर्वाचित पदाधिकारी लाई निर्वाचन अधिकृत तुलसी पोखरेलले माला खादा लगाइ धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।






