jQuery(document).ready(function($){ //
});

विराटनगरमा जारी सिएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन सोमबार साँझ चर्चित ब्याण्ड मंगोलियन हर्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ। राजु लामा त्यस्ता पपस्टार हुन्, जसले नेपाली म्युजिकमा पप संगीतलाई उचाइमा पुर्‍याइदिए।

उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारिको देशबाट, उँभो उँभो खासा म जाँदा, ओई नाना, सायद तिम्रो बाटोमा, गाजलु टिका, तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ’ जस्ता गीत अहिले पनि उतिकै चर्चित रहेका छन्।

राजु लामाले पपसँगै नेपाली संगीतमा २५ वर्ष बिताइसकेका छन्। सात वटा बढी एल्बमबाट उनले दर्जनौं गीत श्रोता र दर्शकका लागि दिइसकेका छन्।

लामा त्यस्ता लोकप्रिय म्युजिक स्टार हुन्, जसले संगीतमा निरन्तरताको इतिहास हुँदैन भन्ने सोचलाई नै परिवर्तन गरिदिएका छन्।

लामाले विराटनगरकै स्टेजमा सम्भवत: पहिलोपटक प्रस्तुति दिन लागेका हुन्। उनका फ्यानहरूले नै पहिलोपटक राजुलाई स्टेजमा प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिल्न लागेको बताउने गरेका छन्।

एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ देखि एक्स्पो सुरू गरेको हो।

पाँचौं दिन सोमबार राजु लामाले आधुनिक नेपाली पप म्युजिकका लाखौं श्रोतालाई जाँदै गरेको जाडो छिट्टै छुट्ने गरी तताइदिने विश्वास गरिएको छ। एक्स्पोको हरेक साँझहरूमा यसअघिका प्रस्तुतिहरूले पनि रेकर्ड कायम गरिसकेको आयोजकले जनाएको छ।

एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ। हरेक दिन अपराह्न साढे ३ बजेपछिको टिकट दर २०० रुपैयाँ रहेकोमा आइतबारदेखि त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो। अवलोकनकर्ताहरूको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको आयोजकको दाबी छ।

९ कक्षा मुनिका विद्यार्थीहरूका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ। ९ कक्षा माथिका विद्यार्थी र अरू अवलोकनकर्ताहरूका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै रहने छ।

टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको छ। विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा सिएनआई कोसी एक्स्पो २०७९ जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय