jQuery(document).ready(function($){ //
});


झापा, फाल्गुन १३ गते ।

झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट मोटरसाईकल चोरीमा समलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन । हिजो साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका-४ स्थितमा अर्जुनधारा-५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकल सहित पक्राउ गरेको हो ।
चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय