jQuery(document).ready(function($){ //
});

नेपालका सबै धर्महरु बीच सहृदयताको चिन्तन अत्यावश्यक रहेको जरोकिलो महाअभियानका संस्थापक अध्यक्ष तथा सनातन धर्म अन्तरराष्ट्रिय महासंघका अध्यक्ष डा. निर्मलमणि अधिकारीले बताउनुभएको छ ।
इटहरीको कृष्णप्रणामी मन्दिर मोक्षधाममा आयोजित योगी नरहरिनाथ जयन्ती, हिमवत्खण्ड गौरव दिवस एवं राष्ट्रिय धार्मिक सहृदयता सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुँदै डा. अधिकारीले युगौँदेखि रहिआएको मौलिक धर्महरु बीचको सहृदयताको सम्बन्धलाई फेरि युगौँ सम्म निरन्तरता दिन राष्ट्रिय धार्मिक सहृदयता सम्मेलनको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा किरात गुरु डा. चन्द्रकुमार शेर्माले आत्मा परमात्माको सम्बन्ध बुझाउने व्यावहारिक शब्द धर्म भएकोले धर्म भन्ने कुरा परिवर्तन नहुने बताउनुभयो । सबै धर्मको उद्देश्य पवित्र रहेकोले धर्म परिवर्तनको पराई दुश्चक्रलाई परास्त गर्नेुपर्नेमा उहाँले जोड दिनुभयो ।
योगी नरहरीनाथले सनातन धर्म तथा संस्कृतिको रक्षार्थ आफ्नो जीवन समर्पण गर्नुभएको स्मरण गर्नुहुँदै श्री स्वामी १००८ स्वामी भागवाताचार्य महाराजश्रीले परम सुखको लागि सबैसँग सहृदयता अनिवार्य रहेको बताउनुभयो ।
नेपाल हिमवत्खण्डको केन्द्र तथा ऋषिमुनिहरुको भूमि भएको कुरालाई उजागर गरी देशको गौरवलाई अझ प्रकाश पार्न योगी नरहरीनाथको अतुलनीय योगदान रहेको सहृदयता समाज नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति आचार्य तिलकप्रकाद लुईटेलले बताउनुभयो । योगी नरहरीनाथको योगदानलाई कदर गर्र्दै जरोकिलो महाअभियानले योगी जीको सम्मानमा उहाँको जन्म दिवसलाई हिमवत्खण्ड गौरव दिवसको रुपमा मनाउन थालिएको पनि आचार्य लुइटेलले जानकारी गराउनुभयो ।
कार्यक्रममा बौद्ध धर्मका खेन्पो दावा ग्याल्छेन, जैन धर्मका प्रतिनिधि अणव्रत प्रभारी भरत जैन, नेपाल मानव धर्मबाट महात्मा नन्दिनी वाइजी, हिमवत् आर्ष प्रज्ञाका प्रतिनिधि लक्ष्मण पोखरेल, सनातन धर्म महासङ्घ नेपाल सुदूरपश्चिमका प्रतिनिधि त्रिलोक जोशी, सनातन धर्म महासङ्घ नेपाल लुम्विनी प्रदेशका प्रतिनिधि फत्ते डाँगी, सनातन धर्म महासङ्घ नेपाल वाग्मति प्रदेशका प्रतिनिधि वासु उप्रेतिले मौलिक धर्महरुको सहृदयताको महत्वबारे प्रकाश पार्नुभयो ।
त्यसैगरी कार्यक्रममा मोरङ क्याम्पसका प्राडा बावुराम तिमिल्सिना, प्राध्यापक डा. मोहन भण्डारी, इटहरी कलेजका प्राध्यापक टोलनाथ काफ्ले, सुन्दर–हरैँचा कला–साहित्य विकास समितिका सल्लाहकार छवि घिमिरे, जरोकिलो प्रतिष्ठान नेपालका बलराम प्रजापति, युगनिर्माण महिला समाज नेपालका रोमादेवी निरौला, सहृदयता अन्तरराष्ट्रियका रामप्रसाद अधिकारी, हिमवत्खण्ड पुनरुत्थान महाअभियानका अर्जुन कुमार भट्टराई लगायतले मौलिक धर्महरुको रक्षार्थ धार्मिक सहृदयताको प्रवर्धन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न भजन टोलीहरुले भजन तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । जरो किलो महाअभियानले २०७४ सालदेखि निरन्तर रुपमा धार्मिक सहृदयता सम्मेलनको आयोजना गर्दैआएको छ ।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO