jQuery(document).ready(function($){ //
});

काठमाडौं – नेपाल ब्यूटिसियन संघ काठमाडौं जिल्लाको चौथो अधिवेशनबाट १३ सदस्य नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पूरानो बानेश्वरमा फाल्गुन १६ गते, मंगलवार सम्पन्न भएको अधिबेशनबाट अम्बिका प्याकुरेलको अध्यक्षमा समिति बनेको हो ।

सौन्दर्य व्यवसायीहरुको हक हित र पेशागत क्षमताको बिकास गर्ने उदेश्यलाई संस्थाको नेतृत्व गर्ने नवनिर्वाचित समितिलाई सुभकामाना दिदै कार्यक्रमका प्रमुख अतिथि नेपाल ब्यूटिसियन संघको केन्दीय अध्यक्ष भगवती खडकाले देशको राजधानीको जिल्ला समिति भएकोले थप जिम्मेवार रहन आग्रह गरेकी छिन् ।

अधिबेशनबाट दमंता अधिकारि उपाध्यक्ष, हरिमाया पोखरेल सचिब, रेखा शाहा सहसचिव, प्रमिला दाहाल, कोषाध्यक्ष, बितिता बिमली सहकोषाध्यक्षमा सर्बसम्बत निर्वाचित भएका छन् । नवनिर्वाचित समितिमा सानु कुवार, प्रियंका भट्ट, बबिता घिमिरे, मिना अधिकारी, कल्याणी खड्का, गीता गुडी, अम्बिका डल्लाकोटी निर्वाचित भएका छन् ।

पूर्ब अध्यक्ष कबिता शाहीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा सौन्दर्य व्यवसायीहरुको पेसागत बिभिन्न संघसंस्थाका प्रतिनिधिले सफल कार्यकालको सुभकामना दिएको नवनिर्वाचित सहकोषाध्यक्ष बिनिता बिमलिले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय