
नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को दोस्रो प्रदेश सभाको पहिलो अधिवेशनको १३ औं बैठकबाट प्रदेश नं. १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट कोशी प्रदेश नामाकरण सम्बन्धी प्रस्ताव आज मिति २०७९/११/१७ गते पारित भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि: यो सूचना प्रकाशित गरिएको छ ।




