jQuery(document).ready(function($){ //
});

विराट व्यापार संघले शुक्रबार विराटगनरमा भव्य होली मिलन समारोहको आयोजना गरेको छ ।

संघले प्रत्येक बर्ष विराटनगरमा होली मिलन कार्यक्रम गर्दै आइरहे को छन् । संघले आयोजना गरेको होली मिलन समारोहमा मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ कोसी प्रदेश र उद्योग संगठन मोरङका पदाधिकारीहरु सहभागी भएको थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नरेश खत्री अध्यक्ष रहेको बिराट् ब्यापार संघका पदाधिकारीहरुले होली मिलन कार्यक्रम निरन्तरता दिएको छ । व्यापारी व्यापारी बिच कायम रहेको सदभाव र एकतालाई अझै दरिलो बनाउन होली मिलन समारोहको आयोजना गरिएको संघका महासचिव प्रविण अग्रवालले जानकारी गराए ।

संघका अध्यक्ष नरेश खत्री, बरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, महासचिव प्रविण अग्रवाल, कोषाध्यक्ष किरण ढुंगेल, कार्यक्रम संयोजक भवेष पौडेल, कार्यालय अधिकृत धरणिधर निरौलासहित कार्यसमितिका पदाधिकारीहरुले होली मिलन समारोहमा सहभागी अतिथिहरुलाई रंगदलेर स्वागत गरेका थिए ।

नेपाल प्रहरीका कोसी प्रदेश प्रमुख श्यामलाल ज्ञवाली, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. डी.बी. क्षेत्री, अधिकृत भोजप्रसाद खनाल, चिरञ्जवी काफ्ले, मोरङ व्यापार संघका पूर्व अध्यक्ष ताराचन्द खेतान, सुरेशकुमार शर्मा, देवेन्द्र राजगढिया, शंकरलाल अग्रवाल, नन्दकिशोर राठी, उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग परिसंघ कोसी प्रदेशका उपाध्यक्ष देवेन्द्र गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका कार्यसमिति सदस्य श्रवण अग्रवाल, सीए अश्विनी बंशल हरु को उपस्थित थियो।

कार्यक्रममा संघले अतिथिहरुलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो
उक्त कार्यक्रममा कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा आपूर्ति मन्त्री तिलकुमार मेन्याङ्बो प्रमुख अतिथि थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय