
आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवार माथि दाबी विरोध गर्ने कार्य तालिका छ ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ः०० बजेदेखि अपराह्न २ः०० बजेसम्म उम्मेदवार माथि दाबी विरोध गरी सक्नुपर्नेछ ।
शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । सो दाबी विरोधपछि भोलि ५ः०० बजेसम्म छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।