
– दिनेश पौडेल
त्यो साधा पाना को भित्ताभरी कोरिए झै
म पनि त बिचल्लित छु एउटा मुटु चोरिए झै।
हिजो सम्म ताला थियो, मन सारै ढुक्क लाग्थ्यो
तर लाग्छ यो छातीको आज कुना- कुना फोरिए झै।
म बोल्थे, तिमी सुन्थ्यौ र पो चल्थ्यो जिन्दगी यो
अचानक के भो येस्तो सुर्य ग्रहण दोरिए झै।
हास्नु, रुनु एक् सिक्काको दुई पाटा भन्नेहरु
भएका छौं आज एउटै पाटोसंग घोरिए झैं।