
।। दिनेश पौडेल।।
एसियन लाईफ इन्स्योरेन्स क.लि दमक शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलोमा पुगेर मृत्युदाबी रकम भुक्तानी गरेको छ । गौरिगंज गाउँपालिका वाड न ३ तेलकानि झापा बस्ने श्रीमती सनमुनि हस्दाको श्रीमान एबम यस कम्पनीका विमित छोट्का हस्दा सतारको मिति २०७९/१०/२९ गते बिरामी भइ उपचारको क्रममा ३२ बर्षको अल्पायुमा मृत्यु भएकोले निजकी श्रीमती सनमुनि हस्दालाई मिति २०७९/१२/१४ गते निजि निवासमा पुगेर छरछिमेकिको उपस्थितिमा रु १५९५४७/- (अक्षरुपी एक लाख उनान्साठी हजार पाँच सय सद्द्घालिस रुपैया मात्र ) रकमको चेक दमक शाखाका शाखा प्रबन्धक श्री शान्तिराम निरौलाद्वारा हस्तान्तरण भएको छ । स्व. छोट्का हस्दाले २०६८ जेठ २७ मा १५ बर्षे अग्रिम भुक्तानी सावधिक विमा योजनामा बिमाङ्ग १०००००/- को विमा गर्नु भएको थियो र बिमा प्रारम्भ मितिले पाँच र दश बर्ष पुगेको बर्ष दिवस गरि दुई पटक पचिस पचिस हजार रकम अग्रिम भुक्तानी बापत भुक्तानि भएको थियो ।