jQuery(document).ready(function($){ //
});

दमक÷ एशियन लाईफ इन्स्योरेन्स कम्पनी.लिमिटेड दमक शाखाले झापाको कमल गाउँपालिका–५ नमुना चौकमा अवस्थित श्री पहिलो पाउ पाथीभरा माता धाममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न जिन्सी सामग्री सहयोग स्वरुप हस्तान्तरण गरी १५ आंै वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा सो इन्स्योरेन्स अन्तर्गत दमक क्लष्टरका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रमको उद्घाटन कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले वृक्षारोपण गरी गरेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि न्यौपानेले धार्मिक पर्यटकीय स्थलको विकासका लागि एशियन लाईफ इन्स्योरेन्सको सहयोग सराहनीय रहेको बताइन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा सो इन्स्योरेन्स कम्पनीले १० थान कुर्सी, १ थान डस्टबिन, १ थान टेबल पाथीभरा माता धामका अध्यक्ष तथा पदाधिकारीहरु लाई हस्तान्तरण गरेको थियो भने उत्कृष्ट काम गरेका अभिकर्ताहरुलाई पुरस्कृत समेत गरिएको थियो । कमल गाउँपालिकाकी उपाध्यक्ष न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि अग्रज समाजसेवी बलराम गजुरेल, अतिथि नेत्र प्रसाद दाहाल (धाम अध्यक्ष) तथा पधाधिकारी, एशियन लाईफ इन्स्योरेन्सका एम.डि.आर.टी. धनपति थपलिया र भगिमान लिम्बू, सिनियर बिजनेस म्यानेजरहरु, ज्येष्ठ नागरिक छविलाल गौतम साथै इन्स्योरेन्सका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पथरी कार्यालय प्रमुख रमेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक क्षेत्रीय प्रमुख शान्तिराम निरौलाले गरेका थिए । कार्यक्रममा पाउ पाथीभरा धामका अध्यक्ष नेत्र प्रसाद दाहालले इन्स्योरेन्सको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा परस्परमा हातेमालो गरेर अघि बढ्न सकिने बताए । कार्यक्रमको औचित्यमाथि इन्स्योरेन्स कन्सलट्यान्ट दुर्गा प्रसाद चम्लागाईले प्रकाश पारेका थिए भने स्वागत मन्तवय अभिकर्ता पवित्रा सिवाले राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय