
– आत्माज्ञान गुरु

२०८० बुध राजा अनि शुक्र मन्त्री भएको यो साल एक्दम सुखद बन्न सक्छ । विश्व बजारमा रहेको आर्थिकमन्दी बर्षको थालनी संगै कम हुँदै जाने । विश्वभर नयाँ लगानीकर्ता , नयाँ व्यवसायहरुको उदय हुनुको साथै भूगोल बाहिर यानिकी पृथ्वी भन्दा परका जीव संगको केही सम्पर्क बन्न सक्छ। जीवन बिकास एवम समृद्धिको यो साल कलात्मक बन्न सक्छ भने कृषिका लागि उत्तम बन्न सक्छ । धेरै देशहरुले कृषि सम्वन्धी नौलो परिक्षण तथा नीति लागू गर्नेछन । नेपालका लागि राजसंस्थाका केही माग सम्बोधन हुन सक्ने योग बन्छ असार पछि ।पत्रकारिताका लागि चुनौती र अवसर हुने यो साल अझै रोचक बन्ने छ। शनि बलवान् बन्दै गएको र बृहस्पतीका घरहरु पाप पीडित भएको समय सम्म धेरै हिंसा भड्किने एवम कानुनी नीति निर्माण र सरकारको अस्थिर्ता रहन सक्ने छ । जेष्ठको पहिलो हफ्ता सम्ममा फेरि पनि राजनीतिक उठ्ल्पुठल हुन सक्ने छ। यो साल २०८० को सुरुवाती चरणमा नै केही अलौकिक घटना देख्न मिल्ने छ । पृथ्वीको सतहमा अनेक हल्चल ल्याउन सक्ने यो साल आकाशमा ताराहरुको अनौठो मिलन पनि हुनेछ। त्यस्तै कुरा गर्ने हि भने २०८० साल असार पछि नेपालमा भने प्रशासनिक क्षेत्रमा धेरै परिवर्तन हुनेछन। नेपालमा फेरी पनि केही खेलाडीहरुमा विभिन्न दोषहरु देखिनेछन। नेपालले केही ठूला भनिएका नेता गुमाउन सक्ने अवस्था पनि रहेकोछ भने अझ मुख्य त केही नयाँ अनुहारहरु पलायन हुनेछन ।२०८० को उदय समय चन्द्रमा स्वयम शनीको राशी मकरमा हुनेछ भने यो साल को अवस्थाले कानुनलाई ठूलो चुनौती थप्ने छ । देशमा आर्थिक संकटको अवस्था भएर केही महिना यानिकी साउन सम्म धेरै माहोल बिग्रीन सक्छ भने त्यस्पछी केही माहोल साम्य हुँदै जानेछ। लगानीकर्ताको यो साल भने बिदेशी लगानिकर्ता भित्रीनुका साथै केही स्वदेशी लगानीकर्ता लाई मुद्दा समेत लाग्नेछ । कर्म संग जोडिएको यो साल किसानसंग बिशेष जोडिने छ । यो सालले कृषिलाई निकै अवसर प्रदान गर्नेछ।अन्क गणितका हिसाबले २+०+८+० = १० = १ अर्थात सुर्य हुने गर्दछ भने यो आफैमा प्रशासन संग सम्बन्धित हुन्छ । सौर्य उर्जा संग सम्बन्धित रहेको यो साल अझ पनि सुर्य र आकाशका केही रहस्यलाई खोल्ने छन । यो सालमा आकाशबाट उल्का बर्षा सम्म हुन सक्छ भने पूर्वी एसियामा बिषाक्त फैलिन तथा महामारी पनि देखिन सक्छ । यो साल अत्याधिक ब्यक्तिहरुको यात्रा हुन सक्नेछ भने खनिजको अभाव र अझै दोब्बर मूल्य वृद्धि हुन सक्छ। यो साल केही राष्ट्रहरु आफ्नो साक जोगाउन अरु राष्ट्रमा गापिन सक्ने वा एकीकरण हुन सक्ने संकेत सम्म देखिएको छ । यो साल २०८०मा यूरोपका लागि एक्दमै भयन्कर साबित हुन सक्छ भने धेरै यूरोपियन मूलूकलाई थप जोकिम र चुनौती मूलक बन्न सक्छ। यो साल २०८० साल प्रणय , प्रेम , बिबाह र सम्बन्धको साल भएकाले धेरै भन्दा धेरै सम्बन्ध जोडिन सक्छन । नेपालका लागि भने बजारीकरण र आर्थिक हिसाबले त ३-४ महिना अझै नि खासै राम्रो हैन किन भने राहु र केतुले आफ्नो घर परिवर्तन गरेका छैनन साथै केही समय बृहस्पति आफै पिडित छ । जसप्रकार अहिले तारा मण्डल र ग्रहको अवस्था केही महिना यता खासै राम्रो देखिएको छैन भने यसको विशेष असर महिलाहरुमा देखिने छ । हात खुट्टा दुख्ने , निन्द्रा अत्याधिक लाग्ने , थकान महसुस हुने , काम गर्न उर्जा नभए जसो हुने लगायतका अवस्था देखिनेछन । भारत को दक्षिणी भेगमा फेरि पनि भीषण जलप्रकोप रहन सक्छ भने उत्तरमा केही समय आकस्मिक संकट आउन सक्छ । असोज पछि धेरै कुराहरु सुदृढ हुनेछन भने देशमा नयाँ सत्ताको अनुहार सम्म देख्न पाइने हुन सक्छ । यो साल राजसंस्था एवम हिन्दुराज्यका वकालत गर्नेहरुका लागि भने केही प्रभावकारी बन्न सक्छ किनकि यो साल काल पूरुष अनुसार लग्नमा बृहस्पति बिराजमान हुदैछन र साथै सत्तामा रहेको बुध र शुक्र को अवस्था आफै बलियो बन्दैछ जस्ले राजयोग पनि निर्माण गर्छ। यति मात्र हैन यो साल कलात्मक , संग्रहालय तथा कृतीहरुको लागि एक्दम खास हुनेक्छन । जसरी २०७९ सालमा बितिय संस्थाकाबारेमा धेरै समस्याहरु छन ती पनि २०८०ले निकै हल गर्ने छ भने कयौ संस्थाको निसानी हराउने छ। कर्मका फल दिने यो साल धेरैलाई हौसला दिने छ । यो साल ध्यान , योजना र लगानीका हिसाबले एक्दम राम्रो छ।


