jQuery(document).ready(function($){ //
});

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक घर भएका उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । लामिछानेका चालकको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।

३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा तीन तलामाथिबाट खसेका हुन् ।

चितवनका एसपी रामेश्वर कार्कीका अनुसार बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको बताए ।

“बिहान ३ बजेर ५४ मिनेटमा खसेको देखिन्छ । तल्लो तलामा रवि लामिछाने, दीपक बोहोरालगायतका बस्नुभएको रहेछ,” उनले भने, “माथि मुकुल ढकाल र रवि लामिछानेको चालक रहेछन् । अहिले हामीले सीसीटीभी फुटेज अनुसन्धान गरिरहेका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय