मधुमल्ला÷ गत बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा रहेको कालीका मा बि अध्ययनरत छात्रालाई कुटपीट गर्ने १३ जना मध्येकी एक रेष्मा लिम्बुलाई प्रहरीले नियन्त्रमा लिएको छ । सामाजीक सञ्जाल मार्फत बाहिरीएको भिडियोमा देखीएका अन्य रोजीना लिम्बु, नुमा मगर, गृस्मा लिम्बु र चाँजु लिम्बु सहित अन्यभने फरार रहेको बताईको छ । पक्राउ पर्ने रेष्मा सोही विद्यालयको पुर्व विद्याथी भएको बताइएको छ ।
गत बुधबार करिब १३ जनाको समुहमा रहेका विद्यार्थीहरुले श्रेया श्रेष्ठलाइ २ घण्टा कक्षा कोठामा बन्धक बनाई निर्घात कुटपीट गरी खुट्ट डोग्न लगाउँदै चरम याताना दीएको पिडित श्रेयाले सञ्चारकमीहरु लाई बताइन । साथै सो घटनाको बरोमा कशैलाई बताए पिडकहरुले ज्यान लिने समेतको धम्की दिएकाले आफुले घटनाकोे बारेमा डराएर कशैलाइ नशुनाएको पिडित छात्रा श्रेयाले बताएइन । श्रेया घरमा एक्लै बस्दै आएकाले पनी घटनाबारे बताउन डराएको बताइएको छ ।
शनीबार सामाजीक सञ्जाल मार्फत भिडियो बाहिरीए पछी स्थानीय र अभिभावकरु विद्यालय प्रसाशनले घटना गसपचुुप बनाउन लागी परेको आरोप लगाउँदै आक्रोसीत बनेका थिए । आइतबार दिन भर कालिका माबि तनाबग्रस्त बनेको थियो । पिडितका आफन्त सहित, विद्यालयमा विद्यालय प्रशासन, राजनैतिकदलका प्रतिनिधी, संघ संस्था प्रतिनिधीहरु बिच दिनभर भएको छलफल भए पनी निस्कर्ष बिहिन बनेको बताइएको छ । घटनामा संलग्नहरुलाई कडा भन्दा कडा कावार्ही हुनु पर्ने माग राख्दै पिडित श्रेया श्रेष्ठका आफन्तहरु र सरोकारवालहरुले माग राख्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा आइतबार उजुरी दर्ता गराएको बताइएको छ ।






