jQuery(document).ready(function($){ //
});

भाषा, साहित्य र कला जातिको दर्पण हो ।जव सम्म कला, साहित्य र भाषा रहन्छ, तव सम्म हाम्रो जातीको पहिचान रहिरहन्छ। परिस्थितीले मान्छे शरणार्थी वन्दछ, तर उ भित्रको कला शरणार्थी कहिले पनि हुदैन।शिविर भित्रको अभावले धेरै राम्रा प्रतिभाहरु अझै पनि ओझेलमा परि रहेका छन।
यहि मुल विचारलाई मनन गरेर नक्षेत्र फाउण्डेसन अमेरिकाको सहयोगमा र बेलडाँगी नाट्य परिवारको आयोजनामा भुटानी रेफुजी आईडल गायन प्रतियोगीता भुटानी शरणार्थी शिविर भित्रै आयोजन गर्न लागेको छ।
बेलडाँगी नाट्य परिवारको परिकल्पना भुटानी रेफुजि आइडल बैशाख ३० गते बाट सर्बजनिक हुँदै छ नट्य परिवारले भुटानी शरणार्थी शिविर भित्रै आयोजना हुन लागेको प्रतियोगिताले ओझेलमा परेको अवस्थामा प्रतिभाहरूको खोजी गर्न लागेको सस्थाका अध्यक्ष जङ मगरले जन्करी दिएका छन।

मगर अनुसार प्रतियोगिताको लाइभ राउण्ड आगामी मे महिनाको १३ तरिक सुरु हुनेछ । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ्ग , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन् । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५ लाख , द्धितिय हुनेले ३लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख पाउनेछन् । भने चौधौं हुनेलाई ५० हजार रहेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यस्तै विजेताहरू लाई आयोजक संस्थाले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ । र येस कार्यक्रमको टाइटल स्पोनसर नक्छेत्र फाउन्डेसन रहेको छ।
प्रतृयोगितामा १० वर्ष देखि ६० सम्मलाई आयोजकले समेट्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय