।। दिनेश पौडेल।।
दमक, ८ जेठः झापाको दमकमा रहेको रोयल ग्यालेक्सी ईन्टरनेशनल एजुकेशन तथा भिसा सर्भिसले भोली मंगलबार १ दिने एजुकेशन फेयर २०२३ कार्यक्रम हुने भएको छ ।
दमकको गोरखा डिपार्टमेन्ट स्टोरको सभाहलमा दिउसो १ः३० बजेदेखि उक्त फेयर कार्यक्रम सञ्चालन हुने भएको हो । कार्यक्रममा कक्षा १२ को परिक्षा दिएर बसेका तथा स्नातक परिक्षा दिएका विद्यार्थीका लागि लक्षित गरेर उक्त एजुकेशन फेयर सञ्चालन गर्ने लागेको रोयल ग्यालेक्सीका सञ्चालक सुनिल बस्नेतले जानकारी दिएका छन् ।
उक्त एजुकेशन फेयरमा विशेषगरी अष्ट्रेलिया, क्यान्डा, युके, न्युजिल्याण्ड अध्ययन गर्ने जादाँ के के गर्नुपर्दछ, त्यहाँ नीति नियम के के छन्, कतिको सहज छ, के छ बस्नका लागि सुविद्या, विशेषगरी अध्ययन गर्ने जाने विद्यार्थीहरुले के के कुरामा ध्यान दिनुपर्दछ, साथै विभिन्न कलेज, युनिभरसिटिका बारेमा जानकारी दिने आदि विषयमा जानकारी प्रदान समेत रोयल ग्यालेक्सीका सञ्चालक बस्नेत बताए ।
कार्यक्रममा करिब १०० जनाको सहभागिता रहने अनुमान गरिएको छ ।
यस संस्थाले विषेशगरी अष्ट्रेलिया, क्यान्डा, युके, न्युजिल्याण्ड अध्ययन गर्ने जानका लागि सहजीकरण गर्ने गर्दछ । यसको मुख्य कार्यालय अष्ट्रेलियामा रहेको छ भने शाखा कार्यालयहरु काठमाण्डौँ र दमकमा रहेको छ ।