jQuery(document).ready(function($){ //
});

दमक, १० जेठ – झापाको दमकमा रहेको रोयल ग्यालेक्सी ईन्टरनेशनल एजुकेशन तथा भिसा सर्भिसले मंगलबार १ दिने एजुकेशन फेयर-२०२३ कार्यक्रम सम्पन्न गरेको छ । दमकको गोरखा डिपार्टमेन्ट स्टोरको सभाहलमा उक्त फेयर कार्यक्रम सञ्चालन भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता रोयल ग्यालेक्सी इन्टरनेशनलका सिइओ सुनिल बस्नेत रहनु भएको थियो भने प्रमुख अतिथिका रुपमा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिका रुपमा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, अतिथिहरुमा रोयल ग्यालेक्सी ईन्टरनेशनल काठमाडौँका एमडी अबिन केसी, रोयल ग्यालेक्सी ईन्टरनेशनल दमकका एमडी जुनु कार्की, इस्टडी इन्फो सेन्टरबाट बिनय पौडेल र सुमन अधिकारी, संगीता बस्नेत, कर्ण बहादुर बस्नेत, सीता बस्नेत, धन माया बस्नेत र सिड्नि अष्ट्रेलियाबाट पाल्नु भएको संगीता बस्नेत रहेका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा कक्षा १२ को परिक्षा दिएर बसेका तथा स्नातक परिक्षा दिएका विद्यार्थीका लागि लक्षित गरेर एजुकेशन फेयर सञ्चालन गरेको रोयल ग्यालेक्सीका सञ्चालक सुनिल बस्नेतले जानकारी दिएका छन् ।

उक्त एजुकेशन फेयरमा विशेषगरी अष्ट्रेलिया, क्यान्डा, युके, न्युजिल्याण्ड अध्ययन गर्ने जादाँ के के गर्नुपर्दछ, त्यहाँ नीति नियम के के छन्, कतिको सहज छ, के छ बस्नका लागि सुविद्या, विशेषगरी अध्ययन गर्ने जाने विद्यार्थीहरुले के के कुरामा ध्यान दिनुपर्दछ, साथै विभिन्न कलेज, युनिभरसिटिका बारेमा जानकारी दिने आदि विषयमा जानकारी प्रदान समेत गरिएको रोयल ग्यालेक्सीका सञ्चालक बस्नेत बताए । कार्यक्रममा करिब ८० जनाको सहभागिता रहेको थियो ।

यस संस्थाले विषेशगरी अष्ट्रेलिया, क्यान्डा, युके, न्युजिल्याण्ड अध्ययन गर्ने जानका लागि सहजीकरण गर्ने गर्दछ । यसको मुख्य कार्यालय अष्ट्रेलियामा रहेको छ भने शाखा कार्यालयहरु काठमाण्डौँ र दमकमा रहेको छ ।

उक्त एजुकेशन फेयरको कार्यक्रम सञ्चालन शुलभ राज बराले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय