jQuery(document).ready(function($){ //
});

विराटनगरका सन्दिप सिग्देल अभिनित फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले ओएसआर डिजिटल युट्युव च्यानलमार्फत आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गरिसकेको छ । उक्त ट्रेलरमा वैदेशिक रोजगारी, अन्तरजातिय प्रेममा आउने उतारचढाव र बेरोजगारीले निम्त्याउने समस्यालाई उजागर गर्न खोजिएको देखाइएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यो फिल्म जेठ २६ गतेदेखि प्रदर्शन हुँदैछ। नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि प्रदर्शन हुँदैछ। साथै,जेठ २६ मै दयाहाङ अभिनित फिल्म ‘निरफूल’ पनि प्रदर्शनमा आउँदै छ। ट्रेलर भ्यु अनुसार ‘वेलकम टु हेम्जाकोट’ ले ‘निरफूल’ लाई पछि पार्ने स्थिति देखिन्छ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक पौडेलले तयार पारेका हुन्।

दीर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। फिल्ममा तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काको लगानी रहेको छ।

यो फिल्मले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय