
लागुऔषध नियन्त्रणकालागि बेग्लै कोशी प्रदेश स्तरीय कानुन निर्माण हुनुपर्ने माग गर्दै रिकोभरिङ नेपाल र सरोकारवाला हरु ले लबिङ सुरु गरेका छन् । कोशी प्रदेशमा लागुऔषध प्रयोग कर्ताको अवस्था बारे जानकारी गराउँने उद्देश्यले रिकोभरीङ नेपालले शुक्रबार विराटगनरमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाले लागुऔषध नियन्त्रणकालागि कोशी प्रदेश स्तरीय कानुन निर्माण हुनुपर्ने माग गरेका छन् ।
नेपालमा २०३३ सालमा बनेको लागुऔषध ऐन विभेदकारी रहेकोले त्यसलाई परिमार्जन गरेर नयाँ ऐन बनाउन सरोकारवालाले माग गरेको हो । रिकोभरीङ नेपालका कोशी प्रदेश उपाध्यक्ष संजिव चापागाईले २०३३ साल मा बनेको ऐन केन्द्रमुखी रहेकोले सयौं लागुऔषध सेवन कर्ता जेल जीवन बिताइ रहेका छन् । यस्ता विभेदकारी ऐन अबिलम्ब खारेज गरेर नयाँ ऐन बनाउनुपर्ने माग गरेका छन् । नेपालमा २२ हजार र मोरङ जिल्लामा ६ हजार ४ सय १५ लागुऔषधका प्रयोग कर्ता रहेका छन । राज्यको गतल नीतिका कारण प्रत्येक वर्ष लागुऔषध प्रयोग कर्ताको संख्या बढि रहेको उपाध्यक्ष चापागाईंले बताए ।
२०६३ सालमा मोरङ जिल्लामा एकहजार लागुऔषध सेवन कर्ता थिए । तर १७ वर्षपछि मोरङमा एकहजारबाट लागुऔषध प्रयोग कर्ताको अहिले संख्या बढेर ६ हजार ४ सय १५ पुगेको छ । र यो बढ्ने क्रम जारी छ । लागुऔषध सेवन कर्ताले बेलाबेलामा विभिन्न प्रकारको हत्यामा संलग्न भईरहेकोले यसमा राज्य पक्षको कमजोरी रहेको र अहिले नेपालमा केन्द्रमुखी लागुऔषध ऐन छ । एस्को काम छैन । प्रदेशमा लागुऔषध सेन्टर खोल्नकोलागि प्रदेश स्तरीय कानुनको आवश्यकता छ । प्रदेश स्तरीय कानुन निर्माण भएको खण्डमा प्रदेश भरीका लागुऔषध सेवनमा संलग्न युवाहरुलाई सुधार गरेर समाजमा पुर्नस्थापना गर्न सकिने छ उपाध्यक्ष चापागाईंले बताए । कार्यक्रमा रिकोभरिङ नेपाल का अध्यक्ष चन्द बराल, केन्द्रीय सदस्य सुशिल रिजाल र कोशी प्रदेशका कार्यक्रम संयोजक निस्मा नेपालको सहभागिता रहेको थियो ।

