
जेष्ठ १५
दिनेश पौडेल ।।इलाम
इलामको चुलाचुलीस्थित बालज्योती मा.बि.मा रहेको बालज्योती साथी साथी बालक्लवले सोमबार विशेष कार्यक्रम गरि गणतन्त्र दिवस मनाएको छ।बालक्लब अध्यक्ष शिखा लिम्बुको अध्यक्षतामा र वि.व्य.स.अध्यक्ष को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिद्यार्थीहरुले गणतन्त्र सम्बन्धि कथा ,कविता ,गजल तथा मुक्तकहरु वाचन गरेका थिए भने कार्यक्रममा रमाइलोको लागी अभिभावक तथा शिक्षकहरुको म्युजिकल चियर प्रतियोगिता समेत भयेको थियो।कार्यक्रमको स्वागत मन्तव्य बालक्लबका उपाध्यक्ष लक्ष्मी दर्जीको थियो भने कार्यक्रमको औचित्य माथी सहायक प्र.अ.बिष्णु गौतमले प्रस्ट पारेका थिए ।वक्ताहरुले गणतन्त्र मनपरी तन्त्र बन्न लागेको भनी चिन्ता व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन क्लबका सचिब सरोज रसाइली र आयुश दाहालले गरेका थिए ।
