
काठमाडौं । सरकारको आयको स्रोतमा चाप पर्दै गएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजमा सरकारले कर बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने ब्याजमा लाग्ने कर बढाएका हुन् ।
पहिले यस्तो आम्दानीमा कर ५ प्रतिशत थियो । अर्थमन्त्रीले अबदेखि उक्त ब्याजदरमा ६ प्रतिशत कर लाग्ने व्यवस्था गरेका हुन् ।