jQuery(document).ready(function($){ //
});

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेल रहेका छन् ।
उनीहरूलाई आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।प्रवक्ता दाहालका अनुसार निर्माण भइरहेको सडकको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए बापत निर्माण व्यवसायीबाट घुस लिएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय