jQuery(document).ready(function($){ //
});

मुख्य धान उत्पादक देशहरूको उत्पादन प्रभावित हुने विश्वका केही शीर्ष ट्रेडिङ हाउसले बताइरहेका छन् ।

सीमित आपूर्तिका कारण अहिले नै विश्वभर चामलको भाउ बढिरहेको छ । धानको उत्पादन घट्यो भने भाउ झनै बढाउने ओलाम इन्डियाका चामल व्यवसायका उपाध्यक्ष नितिन गुप्ता बताउँछन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अमेरिकी कृषि मन्त्रालयका अनुसार २०२३/२४ सिजनको अन्त्यसम्ममा विश्वको कुल चामल मौज्दात १७ करोड टन हुनेछ । यो ६ वर्षयताकै थोरै हो । हालैका वर्षहरूमा विश्वमा चामलको माग बढेको छ । तर, चीन र भारतजस्ता शीर्ष उत्पादक देशमा चामलको मौज्दात घट्दो छ । एल निनोका कारण उत्पादन प्रभावित भए चामलको भाउ २० प्रतिशतसम्मले बढ्न सक्ने अनुमानहरू आइरहेका छन् ।

-साभार: चक्रपथ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय