रोशनी साम्बा बनिन् म्यासिभ ट्यालेन्ट हन्टको बिजेता।
प्लानेट मल्टिमिडियाद्वारा आयोजित म्यासिभ ट्यालेन्ट हन्टको बिजेता रोशनी साम्बा, द्वितीय लक्की खतिवडा र तृतीय अम्बिका पौडेल बनेका छन्।
आज गोर्खा डिपार्टमेन्ट दमकको हलमा आयोजित कार्यक्रममा थुप्रै एस इ इ उतिर्ण गरेका बिधार्थी भाइ बहिनाहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको प्रमुख अतिथि युनिक कलेजका क्याम्पस प्रमुख शान्ति राम आचार्य रहनु भएको थियो भने निर्णायक मण्डलमा प्लानेटका सी इ ओ मोनिट महर्जन र कलाकार ग्रुभी रहनु भएको थियो।
बिभिन्न छात्रावृति रहेको उक्त कार्यक्रमको संचालन शुलभ राज बरालले गर्नु भएको थियो।