jQuery(document).ready(function($){ //
});

कन्काई नगरपालिका -०३ , सुरुङ्गास्थित प्यारागन एकाडेमीका प्रीन्सिपल डी आर सुवेदीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । आज सांझ ७ः ३० बजे कन्काई नगरपालिका ८ स्थित शितल चोकमा दुर्घटनामा परी कन्काई निवासी ५४ बर्षिय सुवेदीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ आइरहेको बा १ च ३२४८ नम्बरको बोलेरो गाडिले विपरीत दिशाबाट गइरहेको सुवेदी सवार प्रदेश १–०१–०१३ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

सो विध्यालयले २०१५-२०१८ लाई ईन्टरनेस्नल अवार्ड पनि प्राप्त गरेको थियो भने कन्काई नगरमा उत्कृष्ट विद्यालयको रुपमा स्थापित भएको थियो । डि .आर सुवेदी सो क्षेत्रको स्थापित र चर्चित ब्याक्तित्व पनि हुनुन्थ्यो। सुवेदीले सो विद्यालयको जिम्मेवारी समाले यता विद्यालयले निकै स्तर उन्नतीको कार्य गरेको तथा अब्बल नतिजाहरु हासिल गरेको स्थानीयहरु बताउछन। सुवेदीको दुखद निधनको खबर कनकाई नगरलाई नै स्तब्ध बनाउनुका साथै शैक्षिक क्षेत्रका उत्कृष्ट व्यवस्थापक गुमाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय