
दमकमा टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १३ गते सुरु भएको छ ।
दमकका लागि आधिकारिक बिक्रेता अनुशिल ट्रेड कन्सर्न दमकमा असोज ९ देखि १३ गतेसम्म एक्स्चेन्ज मेला सुरु भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएका छन् । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरिएको छ ।
एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको दमकका लागि आधिकारिक बिक्रेता अनुशिल ट्रेड कन्सर्न दमकले जनाएको छ ।२५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने अनुशिल ट्रेड कन्सर्नका दमक प्रतिनिधिले जानकारी दिए ।