jQuery(document).ready(function($){ //
});
✍️ आत्माज्ञान गुरु

हिन्दु धर्म अनुसार एकादशी को बृहत महत्त्व रहेको। प्रत्येक बर्षमा चौबिस एकादशी हुने गर्दछन भने मलमास को समयमा छब्बीस हुने गर्द।त्यस्तै हिन्दु धर्म अनुसार इन्दिरा एकादशी को ठूलो महत्त्व हुने गर्द।हरेक बर्षको आश्विन महिनाको कृष्ण पक्ष को एकादशी तिथि लाई इन्दिरा एकादशी भनिने गरिन्।यो दिनमा भगवान विष्णु तथा माता लक्ष्मी को पूजा गरिन्छ। यो एकदाशी पितृपक्षको समय अर्थात सोह्र श्राद्ध  को समयमा पर्ने गर्दछ त्यसैले पनि यसको महत्त्व अन्य एकदाशी भन्दा कयौ गुणा धेरै मानिएको छ। धार्मिक मान्यता अनुसार यस इन्दिरा एकादशी को व्रत  गर्दा पितृहरु लाई शान्ति मिल्छ वा पितृ खुसि हुने गर्दछन साथै स्वर्ग लोक प्राप्ति गर्ने गर्दछन। त्यस्तै यो व्रत को प्रभाबले सुख, समृद्धि,सौभाग्य आदिको वृद्धि समेत हुने तर्क रहेको पाईन्छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

इन्दिरा एकादशी के हो ?
एकादशी भन्ने साथ हामी भगवान बिष्णु को स्मरण गर्ने गर्छु भने यो इन्दिरा एकादशी पनि भगवान बिष्णु मै समर्पित रहेकोछ। यो एकादशी प्रतेक बर्ष पितृ पक्ष /सोह्र श्राद्ध को समयमा पर्ने गर्छ। यस दिनमा भगवान विष्णु को बिधिवाट पूजन गरेर निराहार व्रत  गर्नाले अन्जानमा भएका पापहरु बाट मुक्ति मिल्नुका साथै पितृकृपा पनि प्राप्ति हुने विश्वास छ।

इन्दिरा एकादशी को पौराणिक कथा
कुनै समय मा धर्मराज युधिष्ठिर भन्न लाग्नु भयो हे प्रभु आश्विन कृष्ण एकादशी लाइ के नाम ले चिनिन्छ ?यसको बिधि तथा फल के हुन् ?यो सबै कृपा गरिबक्स्योस प्रभु। अनि भगवान कृष्ण भन्नु हुन्छ : हे रजान तिमीले सोधेको एकादशी लाई इन्दिरा एकादशी भनिन्छ र यो एकादशी पाप लाई नष्ट गर्नु साथै पितृलाइपनि अधोगति बात मुक्ति प्रदान गर्ने वाला रहेको छ। हे राजन! ध्यान दिएर सुन यसलाई सुन्नाले मात्र पनि वायेपेय यज्ञ समान फल मिल्दछ।
“सत्ययुगको बेला माहिष्मती नाम गरेको एउटा नगरी मा इन्द्रसेन नाम गरेका एकदमै प्रतापी राजा धर्मपूर्वक आफ्नो प्रजाको पालन गर्दै राज्य संचालन गर्दथिए। ति राजा पुत्र ,पौत्र अनि धन-धान्यादीले सम्पन्न हुनुका साथै भगवान विष्णुका परम भक्त पनि थिए। एकदिन जब राजा सुखपूर्वक आफ्नो सभामा बसिरहेका थिए त्यो समयमा महर्षि नारद जी त्यहा आईपुग्नु भयो। राजाले नारदजी लाई देखेपछि प्रणाम गरेर सम्मान साथ् विधिपूर्वक आसनमा बसाउनु भयो।
नारद जी ले आसनमा विराजमान हुदै भन्न लाग्नु भयो : हे राजन! तिम्रा सबै अंगहरु शकुसल छन् ? तिम्रो मन भगवान विष्णु को भक्ति मै स्थिर छ ? तिम्रो बिचार धर्ममै लागिरहेको छ? यस्तो नारद जी को बचन सुनेर राजा इन्द्रसेन भन्दछन : हे महर्षि ! तपाइको कृपाले आजका दिन सम्म मेरो राज्य , मेरो मन , मेरो बुद्धि सबै स्थिर छन् अनि म पनि भगवान को भक्ति मै स्थिर छु।हजुर को आगमन को कारण जान्ने बडो  इच्छा भएको छ कृपया बताईदिनुहोस। नारद भन्नु हुन्छ: हे राजन! तिमि मेरा दिव्य वचनहरु सुन ” म कुनै समय ब्रह्मलोक देखि यमलोक मा गएको थिए , त्यहा श्रद्धापूर्वक यमराज ले मेरो आगमन लाई देखेर सम्मान गरे अनि मैले पनि ति धर्मराज को बहुत प्रसंशा गरे। त्यहि सभामा महान ज्ञानी धर्मात्मा तिम्रा पिताजी ले एकादशी को व्रत  भङ्ग भएका कारण नरकमा बस्नु परेको देखे। उनले मलाई तिमीलाइ एउटा सन्देश दिनु भनेका छन् – पूर्व जन्ममा केहि गल्ति भएकाले मा यामपूरीमा बस्दैछु। यदि मेरा छोराले आश्विन कृष्ण पक्षमा पर्ने इन्दिरा एकादशी को व्रत  विधिपूर्वक मेरालागि गर्दिने हो भने मलाई स्वर्ग प्राप्ति हुनेछ”।
यति कुरा सुनेपछि राजा इन्द्रसेन भन्न लाग्छन : हे महर्षि! तपाइँ मलाई यो व्रतको बिधि बारेमा बताइदिनुस। नारद्जी भन्नु हुन्छ : आश्विन मास को  कृष्णपक्ष को दशमी को दिन प्रात:काल श्रद्धापूर्वक स्नानादी गरेर फेरी दिउसो को समय मा नदि मा गएर स्नान गर्नु। अनि श्रद्धापूर्वक आफ्ना पितृहरुको श्राद्ध कर्म गर्नु र एक पटक मात्र भोजन गर्नु। एकादशीको दिन ब्रह्ममुहुर्तमा उठेर सौचादी,द्त्युनादी कर्म हरु गरेर स्नान गर्नु , त्यसपछि व्रतको नियम अनुसार भक्तिपूर्वक प्रतिज्ञा संकल्प गर्नु कि “आज को दिन मा सम्पूर्ण भोगहरु लाई त्याग गर्दै निराहार एकादशीको व्रत को पालन गर्नेछु।हे हरि , हे प्राणनाथ , हे केशब , हे पुण्डारीकाक्ष , हे जगदिश्वर तपाइँ मेरो संकल्प पूर्ण गर्न मेरो रक्षा गर्नुस ” भन्दै शालिग्राम भगवानको विधिपूर्वक श्राद्ध गरेर यथायोग्य ब्राह्मणलाई भोजन गराएर दक्षिणा गर्नु। पितृ श्राद्धबाट बचेका कुराहरुले गौ सेवा गर्नु तथा ऋषिकेश भगवानको श्रद्धापूर्वक पूजन गर्न।
रातको समयमा भगवानको धाम वा मुर्ति वा मन्दिर को निकटमा रहेर जागरण बस्नु त्यसपछि द्वादशीको दिन प्रात:कालमा पुन:स्नानादी नित्यकर्म सकेर भगवान विष्णुको पूजन गर्नु तथा ब्राह्मण भोजन गराउनु। साथै दाजुभाइ,बन्धुबर्ग ,श्रीमती तथा पुत्र सहित तिमी पनि मौन भएर भोजन गर्नु। नारद्जी फेरी  भन्नु हुन्छ :हे राजन!यो बिधि ले यदि तिमीले अल्छी नगरी एकादशीको व्रतगर्यौ भने तिम्रो पिताजीलाई अवश्य पनि स्वर्गलोक प्राप्ति हुनेछ। यति भनेर नारद्जी पनि अंतर्ध्यान हुनुभयो। नारद्जीले भने जसरी राजा ले पनि आफ्नो बन्धुवर्ग , पुत्र ,श्रीमती , दाशहरु सम्पूर्ण सहित व्रत गरेपछि आकाश बाट पुष्पवृष्टि भयो अनि त्यहि समय त्यहा उनका पिता गरुडमा सबार भएर विष्णुलोक तर्फजानलागे”।कृष्ण भन्नु हुन्छ हे युधिष्ठिर! यो इन्दिरा एकादशी को मात्मय कथा मैले तिमीलाई सुनाए। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय