jQuery(document).ready(function($){ //
});

तराईको बिशेष सभ्यता अनि संस्कार लाई झल्काउने  भगवान सुर्य तथा षष्ठी देविको बिशेष आराधना र उत्सव को चाड छठपर्व, जस्मा पुर्वी तराईको अलगै ईतिहास रहेको छ। चाडपर्व को सुरुवात जन्माष्टमी देखि हुन्छ भने लगभग छठ पूजामा अन्त्य हुँदै जान्छ अर्थात दक्षिणायन को समापन पनि हुने गरेको पाइन्छ । प्रत्येक बर्ष विभिन्न समितीहरुको आयोजनामा  बिशेष पर्वहरु मनाउनुका साथै रौनक छर्ने काम गरेको पाईन्छ। त्यस्मापनि पूर्वी झापाको अत्यन्तै धार्मिक क्षेत्र मानिने कनकाईमा भने यस पटक छ्ठ पर्वको ईतिहासलाई कायम राख्न कार्य समिती निर्माणका क्रममै निकै असहजता र असहमति देखिँदा चुनावी माहोलमा समिती चयन प्रक्रिया  होमिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

झापाको कनकाई नगरमा भर्खरै मात्र कोटिहोम धार्मिक बिकास संस्थाको समिती चयनमा असहमति हुदा चुनावि प्रक्रियामा जादा स्वतन्त्र उम्मेदवार शेर बहादुर थापा विजयी हुनुभएको घटना ताजै छ। त्यस्तै अहिले अर्को धार्मिक तथा सामुदायिक रुपमा रहेको कन्काई छठ सेवा समाज मा पनि असहमति अनि अन्तर राजनितीक प्रभावका कारण समिती चयन चुनावी प्रक्रियामा गएको छ। समिती चयन यश अघि सम्म  भने सहमतीमै हुने गरेको थियो तर यसपाली भने विजय कुमार शर्मा को उम्मेदवारीले एकात्मक प्रक्रियालाई भङ्ग गरेको स्थानीयहरु बताउछन। शर्माले भद्र सहमतीमा जोड गर्दागर्दै गर्दा पनि उनका प्रतिद्वन्द्वी खगेन्द्र महत्तो को गुटबन्दी तथा राजनितीकरणले चुनावमा होमिनु बाहेक को बिकल्प नरहेको शर्मा निकट समूहले जानकारी दिएको छ। शर्मा बिगत लामो समयदेखि सोही क्षेत्रमा रहेर विभिन्न सामाजिक कार्यमा सरिक देखिएका छन ।कन्काई छठ सेवा समाजको स्थापना काल देखि हाल सम्म संस्थापक सदस्य , कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारी  समेत समालेर कार्य कुशलता झल्काएका शर्मा भने केही समय यता राम्रो छवि बनाउन सफल देखिएका छन।

कन्काईको सवालमा बिजय कुमार शर्माको प्यानल निकै प्रभावशाली मानिएको छ। शर्माको कार्यकालमा समिती थप बलियो बन्नुका साथै सामुदायिक एकता तथा बिकासका बिषयमा बिशेष कसरत गर्ने समेत प्रतिबद्धता रहेको पाईन्छ।त्यस्तै शर्माले हाल बन्दै गरेको छ्ठ सेवा समितीको भवनको आधारभूत योजना अन्तर्गत बाकी रहेका निमार्णका काम पनि सम्पन्न गर्नुका साथै समितीका लागि सुबिधायुक्त भवन एवम कार्यलय ब्यबस्थापन गर्ने प्रतिबद्धता गरेका छन।

शर्माले बताउछन ” सबैलाई समेतेर लैजाने अथक प्रयास गरेको छु अझै पनि चुनाव चयन भन्दा समझदारीमा अगाडी बढेको राम्रो हुन्छ।मैले एक कार्यकालमा आफूले प्रतिबद्धता जायर गरेका योजना पूरा गरेर समिती हस्तान्तरण गर्ने थिए।यो समितीमा नहुनु पर्ने राजनिती हुदा हामीलाई पनि राजनितीमा होमिन बाध्य बनाएको छ।चुनावै हुदा पनि बहुमत आउने कुरामा कुनै संका छैन।मेरो उम्मेदवारी सामुदायिक बिकास तथा यस समाजको हितमा भएकाले मतदाताहरुले भरपुर प्रेम र मत दुवै दिनुहुनेछ।” शर्माको प्यानलमा अध्यक्षमा स्वयंम शर्मा  चुनाव चिन्ह चस्मा , धर्मन्द्र शाह चुनाव चिन्ह परेवा तथा रबिन्द्र गुप्ता चुनाव चिन्ह कलशका साथ उम्मेदवार रहेका छन।

कन्काई छठ सेवा समाजको चुनाव भने यहि असोज ३० गतेलाई तय गरिएको छ।यसपटक भने समितीको चुनावमा यूवाको मात्र उम्मेदवारले अझ सर्वसाधारण तथा मतदातामा मा चासोको बिषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय