jQuery(document).ready(function($){ //
});

 

हाल मात्रै झापा कन्काई नगरमा कनकाई छठ सेवा समाजको चुनावले  आगामी २ बर्षे कार्य समिति निर्वाचन प्रक्रिया मार्फत पाएको छ। तिनजनाको उम्मेदवारी पर्दा सहमती हुन नसकेको उक्त समितीको चयनका लागि निर्वाचनको मिति तय गरिएको थियो जस्मा अध्यक्षका लागि बिजय कुमार शर्मा, खगेन्द्र महत्तो र अमन गुप्ताको दाबेदारी समेत रहेको थियो। उम्मेदवारी दर्ताको केही समय यता अमन गुप्ताले  खगेन्द्र महत्तोलाई भरपुर साथ दिने प्रतिबद्धताका साथ आफ्नो उम्मेदवारी फिर्ता समेत लिएका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

चुनावमा होमिएका शर्मा र महत्तो आफ्नो आफ्नो प्यानल बनाएर अगाडी बढेका थिए भने प्रतिस्पर्धामा गुप्ताको साथ पाउदापाउदै पनि महत्तो भने स्थानीय मतदाताको मनमा र मतमा अटाउन निकै कठिन बनेको थियो ।हामीले केही मतदताको रायलिने क्रममा सेधेका थियौ ” चुनावमा तपाईको मत  कस्ले पाउछ अनि किन ? एक मतदाता भन्नू हुन्छ : ” हाम्रो मत बिजय शर्मालाई नै हो खगेन्द्र त हाम्रालागि पाहुना जस्तै भैइसकेका छन त्यति धेरै पहिचान छैन” ।केहीले त हामी लाई सामुदायिक बिकास चाहिएको हो र स्थानीय बाहेक अरुबाट सम्भव नरहेकोले बिजय भाईलाई नै जिताउने हो समेत भने यो संगै महत्तो पक्षमा रहेका केही मतदाताले पनि आफ्नो उम्मेदवारको जित लगभग पक्का भएकोले चुनाव नै गर्न नपर्ने थियो समेत भनेका थिए। तर मत परिणाम भने अलिक भिन्न देखिएको छ।

मतदान समय अबधिभरमा कूल २३३ मत खसेको थियो।जस्मा पदाधिकारी तर्फ बिजय कुमार शर्माको प्यानल नै राम्रो मताअन्तरका साथ बिजयी भएको छन। शर्माले झन्डै दोब्बर मतले जित हासिल गरेका छन उन्का प्रतिद्वन्दी महत्तोले ७९ मत प्राप्त गर्दा शर्माले १४१ मत प्राप गरे भने त्यस्तै शर्मा प्यानलमा उपाध्यक्ष धर्मेन्द्र शाहले पनि शर्माकै मत संख्या पछ्याएका थिए भने महत्तो प्यानलका नगेन्द्र शाहले ७९ मत कायम गरेका थिए ।शर्मा प्यानलका कान्छा उम्मेदवार समेत रहेका रबिन्द्र गुप्ताले १४२ सहित उत्कृष्ट मत ले प्रतिद्वन्दी अशोक शाहलाई पराजित गरेका छन। 

मत परिणाम आउदा सम्म हामीले बिजयी हुँदै गरेका बिजय शर्मालाई सोधेका थियौ ” जित पक्का देखिएको छ खुशी हुनुन्छ होला नि ?  शर्माको जवाफ एक्दम भावुक थियो ” मेरो जित भएको हैन मेरा विश्वासका धरोहर अनि मलाई मया गर्ने मतदाताको आशिर्वाद अनि प्रेम को जित भएको हो ।मेरो जित त्यो बेला हुनेछ जब मैले प्रतिबद्धता गरेका कार्य मैले पूरा गर्नेछु।” त्यस्तै हामीले सचिवमा बिजयी रबिन्द्र  गुप्तालाई पनि सोध्यौ ” कान्छो उम्मेदवार हुनुदो रहेछ जित पनि भयो अब योजना के छ?” रबिन्द्र भन्छन : ” मेरो जित मेरो मतदता को माया अनि अग्रजहरुको आशिर्वाद हो चाहे अहिले म बिजेता बनेको छु समितीमा हाम्रो प्यानल छ तर पनि उपबिजेता मेरा अग्रजहरु हुनुन्छ मैले उहाँहरुको सल्लाह र आशीर्वाद पाए भने थप उर्जा मिल्नेछ।” 

यो संगै कन्काई छठ सेवा समाजले शर्मा नेतृत्वको आस्थावान र उर्जाशिल कार्यसमिति प्राप्त गरेको छ।धार्मिक स्थलमा चुनाव अनि चुनावमा पनि चर्को राजनीति कन्काईमा पछिल्लो समय मौलाए पनि स्थानियले मत मार्फत प्रतिकार गरेको स्पष्ट देख्न पाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय