jQuery(document).ready(function($){ //
});

मोरङको बिराटनगर महानगरपालिका-११ मा संचालित पशुपति ज्वेलर्शका संचालक बिश्वजित जानालाई बिल बिजक बिनाको अबैध गहना सहित प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएर बिल बिजक बिना सुन तथा चाँदीका गर गहना बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका बिश्वजितले संचालन गरेको ज्वलर्शबाट प्रहरीले १५३.८ ग्राम सुनको तयारी गर गहना र ९९ केजि ९४६ ग्राम ५ मिलिग्राम चाँदीको तयारी गर गहना बरामद गरेको छ । ठुलो परिणामको तयारी गहना सहित पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय