jQuery(document).ready(function($){ //
});

झापा, कार्तिक २४ गते ।

झापाको अर्जुनधारा नगरपालिका- १० स्थित आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे स्थानिय ७३ बर्षीय शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा निजको श्रीमती ७५ बर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आगलागीको खबर प्राप्त भएसगै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटिगई स्थानीयवासीहरुको समेत सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो । आगलागीमा परेर घाईते भएका शिव कुमार राईको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय