jQuery(document).ready(function($){ //
});

✍️ आत्माज्ञान गुरु

मेष   अचानक  स्वास्थ्यमा समस्या  बढ्न  सक्छ   खानपानमा  विशेष सावधानी अपनाउँनु होला । सानो कुराले  पनि  तनाव बढ्न सक्छ  परिवारको सल्लाह  लिएर  अगाडी  बढ्दा राम्रो हुनेछ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

वृष   दाम्पत्य सम्बन्धमा सुधार  आउँनेछ । विदेशमा भएका  आफन्तकोृ सहयोग  मिल्नेछ ।   व्यापार व्यवसायको लागि  समय  राम्रो देखिन्छ आम्दानि बढ्ने समय छ  । 

मिथुन   आर्थिक  समस्या  हट्नेछ । रोकिएको  धन   हात पर्न सक्छ । तपाईको प्रतिभाले  सम्मान पाउँने समय  रहेको  छ  । नयाँ  कामको लागि योजना बनाउँन   समय  राम्रो छ । 

कर्कट  नयाँ  कुरा सिकेर समय बित्ने  छ । बौद्धिक व्यक्तिसँग  समय  बित्नेछ  । प्रेम  सम्बन्धमा भएको  समस्या हट्नेछ । 

सिंह   सानो  कुराले पनि मन बिचलित  हुन सक्छ । परिवारबाट   साथ  नमिल्दा   दुखी हुने समय  छ । बोलिमा एकदम  ध्यान दिएर  अगाडी  बढ्दा राम्रो  हुने  हो । 

 कन्या  वैदेशिक क्षेत्रको  काममा अगाडी  बढ्दा  राम्रो  हुने  हो  । साथिभाईसँग  भेटघाट  भएर  रमाईलो  समय बित्नेछ  । जोश  जागरमा वृद्धि  हुनेछ  । 

तुला  बोलिको  प्रभाव बढ्ने र पारिवारिक सम्बन्धमा सुधार आउँनेछ   । मिष्ठान्न  भोजनको योग देखिन्छ । सन्चय  गरेको धनमा  वृद्धि  हुनेछ ।

वृश्चिक   रचनात्मक  क्षमताको विकास  हुनेछ ।  तपाईको व्यक्तित्वले अरुको मन जित्नेृ समय रहेको  छ । स्वाथ्यमा सुधार  आउँनेछ   । 

धनु खर्चमा  वृद्धि  हुदा   तनाव   बढ्नेछ   । यात्रामा  अनावश्यक   झमेला  आउँनेछ  । तपाई  धन सम्पति  चोरी  हुन  सक्छ  सावधान भएर अगाडी  बढ्नु होला  । 

मकर   आफूलाई मन पर्ने  उपहार प्राप्त  हुने समय छ ।   प्रेम प्रस्ताव  राख्नका लागि शुभ  देखिन्छ ।  आर्थिक  क्षेत्रमा राम्रो  सफलता मिल्ने  देखिन्छ । 

कुम्भ   काममा जोश  जागर बढ्ने र   आफ्नो कामबाट  अरुको मन जित्न सकिनेछ  । सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ  । परोपकारमा  मन  जानेछ । 

मीन  भाग्यले  साथ दिने  छ ।  अचानक  धन हात पर्ने  छ । धार्मिक काम गर्दा  मन खुशि  हुनेछ  । पारिवारिक  समस्या  हटेर  जानेछ  । 

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय