jQuery(document).ready(function($){ //
});

महिला मानबअधिकार रक्षक सन्जाल मिक्लाजुङ संगकाे सहकार्यमा कारितास नेपालद्वारा महिला अधिकार, महिलाका मुद्वा तथा स्थानिय सरकारमा महिलाकाे पहुच बिषयक एकदिने अन्तकृया सम्पन्न भएकाे छ । लैङ्गिक हिंसा बिरूद्वकाे १६ दिने अभियान अन्तर्गत कार्यक्रम अयाेजना गरिएकाे हाे।

संबिधानमा महिला लाई दिईएकाे अधिकार,महिला अधिकारका लागि गरिएकाे प्रयास, अधिकार प्राप्तिका लागि गरिनुपर्ने सङ्गठित प्रयास,वजेट निर्माणकाे तहमा सराेकारवालाकाे भुमिका एवम स्थानिय सरकारले महिलाका सवालमा गर्न सक्ने भूमिकाकाे बिषयमा छलफल तथा अन्तकृया गरिएकाे थियाे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अन्तकृयालाई संविधान सभा सदस्य तथा महिला अधिकारकर्मि अनिता परियारले सहझिकरण गर्नु भएकाे थियाे। कार्यक्रमलाई सम्वाेधन गर्दै मिक्लाजुङ्ग गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत अभय गुप्ताले महिला अधिकार अधिकार प्राप्ति र कार्यन्वयन गरि दुई तरिका वाट हेरिनुपर्ने बताउनु भयाे। प्रमुख अतिथि गाँउपालिका उपाध्यक्ष दिनेश पाैडेलले महिला लाई उत्पादन संग जाेड्दा महिलाहरू सबल र सक्षम हुने वताउदै पालिकाले साेहिअनुसार कार्यक्रम तयार पार्ने र महिलाहरूले पनि कार्यक्रम माग गर्दा उत्पादन सग जाेड्ने कार्यक्रम मागगर्न अनुराेध गर्न भयाे ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै कारितास नेपालका प्रतिनिधि गाेबिन्द राज कट्टेलले समुदाय स्तरमा बैदेशिक राेजगारले लैङ्गिक हिंसा बढ्न थालेकाेले सचेतिकरण लागि यस्ता कार्यक्रम स्थानिय समुदाय सग सहकार्यगरि गरि रहेकाे बताउनु भयाे । महिला मानव अधिकार रक्षक सन्जालकी अध्यक्ष बिष्णु श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला जनप्रतिनिधि,महिला समुहका प्रतिनिधि, अगुवा महिला गरि सत्तरि भन्दा बढिकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय