jQuery(document).ready(function($){ //
});

२०२२ सेप्टेम्बरमा पूर्वी नेपालको इटहरीमा कर्पोरेट अफिस राखी सन्चालनमा रहेको सुपर एप Zaaou (जाऔं)ले आफनो शाखा दमकमा पनि विस्तार गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जाऔंले राईड शेरिंग, ट्याक्सी बुकिंग, फूड डेलिभरी, ग्रोसरी डेलिभरी , लगायत अन्य ५० भन्दा बढी होम सर्भिसहरु आफनो एप मार्फत इटहरीको बासिन्दाहरुलाई सुबिधा दिदै आइरहेको छ।

प्राय जसो  स्टार्टअप कम्पनिहरु नेपालको काठमाडौं उपत्यकाबाट मात्र संचालनमा आएको देखिन्छ तर हाल नेपालमा पनि अनलाइन अर्डरको मागले अहिले प्राय: जसो अनलाइन मार्फत सेवा दिने उदेश्यका साथ स्थानीय स्तरमा पनि स्टार्ट अप कम्पनिहरु संचालनमा देखिएको छ , ” सुपर एपको सोचबाट यस एपलाई डेभलप गरि संचालनमा ल्याएका हौं र हाल हामीले धेरै किसिमका सुबिधाहरु आफ्नोमा जोड्दै आइरहेका छौ साथै हाम्रा ग्राहकहरुले यस एप बाट आफुलाई चाहिने फूड, ग्रोसरी लगायत अन्य सुबिधाहरु आफुले चाहेको स्थानमै प्राप्त गरि राख्नु भएको छ |,” – भन्ने जानकारी ज़ाऔका फाउनडर सी.ई.ओ दुर्गेश चौधरिले हाम्रो दमक अनलाइनलाई जानकारी गराउनु भयो।

अहिले अनलाईनको माग ह्वात्तै बढे सङै, नेपाल सरकारले सुचना प्रबिधिको क्षेत्रमा अहिले अत्यधिक रुपमा काम पनि गरि रहेको देख्न सकिन्छ ।

हाल सम्म 3K युजर रहेको जाऔंले फुड डेलिभरी सुबिधा ३० मिनेट भित्रै ग्राहकको घर सम्म पुर्याउने कम्पनिका सी.ई.ओ ले जानकारी गराउनु भयो साथै अब दमक बासिले यस एपको मार्फत् बाट सेवा लिन चाहेमा सम्पूर्ण सेवाहरुमा भारि छुट, क्यासबयाक अफरका साथै अन्य थुप्रै छूट भौचरहरु प्राप्त गर्न सकिने र हाल दमकको पुर्वान्चल क्याफे संग सहकार्य गरि डेलिभरी गरिरहेको अवगत गराउनु भयो।
ज़ाऔका फाउनडर सी.ई.ओ दुर्गेश चौधरिले जाऔं एप सजिलै Play Store र IOS Store मा उपलब्ध रहेको छ र  नेपालको बिभिन्न जिल्लामा आफनो सेवा बिस्तार गरि सबै नेपालीको पहुचमा आफनो सेवा पुर्याउने जानकारी दिदै थप के हि समय भित्रै एपमा होटेल बुकिंग र बस टिकेट सेवा थप्ने समेत जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय