
दमक/विगत केही समयदेखि दमक नगर क्षेत्रको फोहर व्यवस्थापन गर्ने कार्यमा समस्या उत्पन्न शहर पुरै दुर्गन्धित भएको छ। दमक नगरपालिकाले सार्वजनिक नीजि साझेदारीमा फोहर व्यवस्थापन गर्दै आएको र ल्याण्डफिल साइटका सम्बन्धमा विवाद सृजना हुँदा नगर क्षेत्रबाट नियमित फोहर उठ्न नसकेको प्रति दमक नगरपालिकाले गम्भीर ध्यानाकर्षण गरेको छ । आज मिति २०८०/०९/०२ गते सर्वदलीय सर्वपक्षीय अधिकारसम्पन्न समिति निर्माण भई समस्या समाधानका लागि पहल भइरहेको व्यहोरा सबै दमक नगरवासीहरुमा नगर प्रमुख राम थापाले जानकारी दिनु भयो। साथै समस्याको समाधान गर्नका लागि प्रयास भइरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने हुँदा दमकलाई सुन्दर, सफा र स्वच्छ बनाउने निरन्तरको प्रयासमा सहयोग गरी दिनु हुन नगर प्रमुख थापाले जानकारी दिनु भयो ।
