jQuery(document).ready(function($){ //
});

आत्माज्ञान गुरु

नेपालमा बहुसंख्यक हिन्दु भएपनि गणतान्त्रिक मुलुक को पहिचान साथै नेपाल को अन्तरिम संबिधान प्राप्त पछि नेपालमा धर्म निरपेक्षता कायम रहेको छ । धर्म निरपेक्ष रहेको मुलुक भएपनि नेपालमा समय-समयमा धार्मिक आन्दोलन तथा बिबादहरु आउने गरेका छन् । केहि समय अघि मात्र धरानमा ईसाई अनि हिन्दु धर्मावलम्बीहरु बीच गोरु काटेर भोजगरेको बिषयलाइ लिएर निकै ठूलो बिबाद सुरु भएको थियो । त्यस्तै अनेकौ सभ्यताहरुले युक्त भएको देशमा धर्मनिरपेक्षता कायम भएपनि धर्म परिवर्तन गर्नु कानुनगत अपराध एवं सामाजिक सदभाव समेत लाइ असरगर्ने बिषय रहेको कानुन एवं धार्मिक विश्लेषक हरुको राय छ । यद्दपि कानुनि हिसाबले पनि धर्मपरिवर्तन वा धार्मिक सद्भावमा खलल पुराउने कुनै पनि कार्य बर्जित गरिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अहिले देशको राज्यसत्ता माओवादी , कांग्रेस लगायत को गठबन्धनको हातमा रहेको छ। धर्म संग धेरै आकडा राख्ने पार्टीहरुको गठबन्धन युक्त सरकारले सामाजिक सद्भाव खलल पुराउने तथा धर्ममा प्रहर गरेको भन्ने सम्मको आक्षेप खप्नु परेको छ। हालको अवस्थालाई हेर्ने हो भने नेपालमा सरकारको काम प्रति आमजनताको असन्तुष्टि बाहेक कहिँ कतै राम्रो पक्ष देखिन छोडेको छ। यस्तै बेलामा माओवादीबाट “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय” को जिम्मेबारी समालेका कोशी प्रदेश भोजपुर जिल्ला क्षेत्र नम्बर ०१ बाट निर्वाचित संसद सुदन किरातीले भने अर्को बिबादास्पद अभिव्यक्ति दिएका छन्। धरान काण्ड सेलाउन नपाउदै किराती ले “यो देशमा इसाई धर्म मान्दिन भन्नु भनेको संबिधान मान्दिन भन्नु हो र संबिधान मान्दिन भन्ने देशद्रोही हो , त्यसलाई हत्कडी लगाएर जेलमा हाल्ने हो। ” भन्ने अभिव्यक्ति दिएर सरकार अनि आफू ईसाई धर्मको प्रवर्दक तथा संरक्षक रहेको पुष्टि समेत गरेका छन्। कार्यक्रममा बोल्ने क्रममा किराती ले प्रधानमन्त्री स्वयम् पनि यशु लाई मान्नुहुन्छ साथै एक कुशल नेता को रुपमा हेर्नु हुन्छ। आफुलाई र प्रधानमन्त्री समेतलाइ ईसाई तथा यशु मनपर्छ तर केहि उच्च अधिकारीहरुलाई मनपर्दैन तिनीहरुलाई मुर्दाबाद भन्नु पर्छ। ” भन्ने सम्मको कुरा भाषणमा उत्तेजित हुदै भन्न भ्याए।

सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले यसरी खुलेआम धर्मको प्रचार गर्दै धार्मिक बिभेद फ़ौलाउदा आमजनताले चर्को आलोचना गरिरेका छन्। यस्तै धरानका मेयर हर्क साम्पाङ्गको पछिल्लो समयमा माओवादी नेताहरु संग अधिक घुलमिल अनि भेटघाट र अहिलेको किराती को अभिव्यक्ति दुवै एकार्काका सारथि समेत रहेको देखिन्छ। अर्थात किराती कै पहलमा हर्क साम्पाङ्गलाई माओवादी र हालको सरकारको आन्तरिक सहयोग रहेको बुझिन्छ। किरातीको यस्तो अभिव्यक्तिले नेपालमा रहेका हिन्दु धर्मावालाम्बीहरु अपराधि रहेको भन्ने अर्थ समेत दिएको राजनीतिक एवं सांस्कृतिक विश्लेषकहरु बताउछन। पछिलो समय देखि नेपालमा यस्तै किसिमको धार्मिक अपबाद अनि बिबादित तर्क हरुले कतै हिन्दुहरुका मन्दिर भत्काईएका कतै गौ-गोरु को हत्या गरिएको त् कतै दुवै धर्मवालाम्बिहरु बीच द्वेष पैदा भएको पाईएको छ।

मन्त्रि किराती को यो अभिव्यक्तिको कारण मुख्य त आफ्ना नेता एवं प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लाइ रुझाउन खोजेको समेत देखिएको छ। केहि दिन अघि प्रधानमन्त्री एवं माओवादी का अध्यक्ष प्रचण्ड को जन्मदिनको शुभकामना दिने क्रममा प्रधानमन्त्रीले शुभकामना तथा पुष्प गुच्छा लिदै सबै आगन्तुक नेता , मंत्रीहरु संग जम्का हात मिलाएर धन्यवाद दिएका थिए तर किराती संग भने अलिक चिसिएको जस्तो हर्कत प्रचण्ड को थियो। किराती ले फूलका गुच्छा दिएर हात मिलाउन खोज्दा प्रचण्डले बेवास्ता गरेर अन्तै तिर ध्यान केन्द्रित गर्दा किराती लज्जित बनेका थिए। जसले प्रचण्ड र किराती बिच को सम्बन्ध पछिल्लो समयमा केहि नकारात्मक रहेको जस्तो बुझाउछ। किराती ले बोलेका यी शब्द अनि यी स्टन्ट ले सरकारको चौतर्फी आलोचना सुरुभएता पनि उनको यो स्टन्ट आफ्ना नेता प्रचण्ड लाई उच्च मानसिकताका रहेको देखाउन एवं सम्बन्धलाई सुधार्ने प्रयास थियो जुन सरकारको प्रतिनिधित्व गर्ने पार्टी एवं व्यक्ति स्वयम्का लागि भने गलत नै हो।कतै सरकारको अगुवाईमा हिन्दु मास्ने तथा ईसाईलाई संरक्षण तथा प्रबर्दन गर्ने नियत नै त् हैन भन्न पनि कठिन देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय