jQuery(document).ready(function($){ //
});

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै हिन्दु धर्मवादी एक समूहले पशुपति क्षेत्रमा प्रदर्शन गरेको छ । 

‘समग्र धार्मिक समाज’ को अगुवाइमा आज दिउँसो पशुपति क्षेत्र विकास कोषको कार्यालय नजिक पाँच दर्जनको संख्यामा भेला भएका हिन्दु धर्मका समर्थकहरु मन्त्री किरातीविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

eHatiya

नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष तथा राप्रपाका नेता पुष्पराज पुरुष नेतृत्वको विरोध प्रदर्शनमा विश्व हिन्दु युवासंघको अन्तरास्ट्रिय विभागका अध्यक्ष सागर थापालगायत उपस्थित थिए । 

उनीहरुले मन्त्री किरातीको हिजोको अभिव्यक्तिको निन्दा गर्दै पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्तिको पनि विरोध गरेका छन् ।

त्यसक्रममा ‘सुदन किराँती राजीनामा दे’, ‘धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’, ‘सनातन हिन्दुराष्ट्र कायम गर’, ‘गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर’जस्ता नारा लगाइएको छ ।

मन्त्री किरातीले हिजो काठमाडौँमा आयोजित एक कार्यक्रममा संविधानले नै धर्मनिरपेक्ष राज्य भनेकाले क्रिश्चियन धर्म नमान्नु दण्डनीय हुने बताएका थिए ।

उनको उक्त अभिव्यक्ति चर्को आलोचनामा परेको छ । केही हिन्दु तथा राजावादी समूह र राप्रपाका कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय