jQuery(document).ready(function($){ //
});

केटीको फेक फेसबुक अकाउन्ट बनाई विभिन्न पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाई पुरुष व्यक्तिसँग भिडियो कल गरी झुक्याई गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सट गरी उक्त फोटो तथा भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदीएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्दिन्छु भनि फिरौती रकम माग गर्ने गरेको भनि यस कार्यालयमा विभिन्न निवेदन पर्न गएकोले मिति २०८०/०९/०४ गते दिउँसो १६:०० बजेको समयमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले निजहरुको पहिचान तथा खोजतलास गर्दा जिल्ला चितवन भ.म.न.पा. वडा नं. १६ स्थितबाट जिल्ला चितवन रत्ननगर नगारपालिका वडा नं. १३ बस्ने वर्ष २० को प्रवेश रिमाल, जिल्ला सिराहा लाहान नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १९ को युनिक सिंह, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २९ बस्ने वर्ष २२ को अनुराग घिमिरेलाई पक्राउ गरी निजहरुले फिरौती लिएको रकम रु. ७६,०००।–, मोवाईल थान -४ समेत निजहरुको साथबाट बरामद गरी थप अनुसन्धान भईरहेको साथै निजहरुले जिल्ला कास्कीमा बस्ने मानिसहरुलाई समेत ब्ल्याकमेलिङ गरेको बुझिन आएको ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय