jQuery(document).ready(function($){ //
});

मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले करिब २० वर्ष पछि पाइला टेकेका छन । शुक्रबार जनतासँग माओवादी विषेश रूपान्तरण अभियान अन्तर्गत प्रचण्डले मिक्लाजुङमा पाइला टेकेका हुन । मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलको अगुवाइमा प्रधानमन्त्री प्रचण्डले मिक्लाजुङमा उपस्थिति जनाएका थिए । यस अघि मधुमल्ला उर्लाबारी सडक मार्ग लामो समय बन्न नसकेको गुनासो लिएर प्रधानमन्त्रीलाई उनको निवासमै गएर भेटेका उपाध्यक्ष पौडेलले प्रधानमन्त्री मार्फत प्रत्यक्ष सम्बन्धित निकायलाई फोन गराएर सडक निर्माण गराउन पहल गरेका थिए । सोही अनुरूप उर्लाबारी मधुमल्ला सडक स्तर उन्नति भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष पौडेलले मिक्लाजुङका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी सम्बोधन समेत गराएका छन । उक्त सम्बोधन सँगै उपाध्यक्ष पौडेल मिक्लाजुङका जनताका आशा बन्न थालेका छन । विषेश गरी निकै लामो समय देखि अड्केको लावा खोला खाने पानी आयोजनालाई प्रधानमन्त्रीकै मुखबाट सम्बोधन गराएपछि उनी माथि जनताले भरोसा गर्न थालेका हुन । त्यस्तै मदन भण्डारी लोक मार्ग अन्तर्गत वैकल्पिक चुलाचुली, मिक्लाजुङ, लेटाङ मार्गको कार्य अघि बढाउने साथै उर्लाबारी मधुमल्ला दारेगौंडा सडक बाटो पक्की बनाउने प्रतिबद्धता गराए । यसरी जनताका पक्षमा प्रधानमन्त्रीबाट सम्बोधन गराएका उपाध्यक्ष दिनेश पौडेलले पछिल्लो समय जनताको पक्षमा काम गर्ने हुटहुटी भएको बताउने गरेका छन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय