jQuery(document).ready(function($){ //
});

माेरङकाे सुन्दरहरैंचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकि छिन ।

भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी हुन । उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाएकि हुन ।

eHatiya

दिपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस(आईबीपी) च्याम्पियनमा पनि आईबीपी तर्फ सिनियर समूह अन्तर्गत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकि थिइन । आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजी माथिको तौलमा अन्तर्राष्ट्रिय रेकर्ड नरहेको दिपाले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय