
झापा जिल्लाको सुन्दर नगरी दमकमा अचेल माग्ने गिरोहोको बिग बिग्ती बढेको छ । यिनीहरुको माग्ने सैली यस्तो छ की भावनामा बगेर सहयोगी मनहरुले नाइँ भन्न सक्नु हुन्न , विभिन्न प्राण घातक बिमारको बहना बोकेर हातमा चिर्कटो / रसिद बोकेर घर, घर पसल ,पसल मा माग्ने ब्यबसायमा यिनीहरु प्रफुल्ल छन् । यस्ता ठगी गर्ने गिरोहोले गर्दा , असली पिडितको पनि नाम खराब भएको छ ।
सिटी अटो मा माइकिंग गर्दै मुटु, मिर्गौला, फोक्सो, जस्तो सम्बेदनशील अंगमा समस्या क्यान्सर आदि भएको भन्दै सहयोग उठाउनेको गिरहो सल्बलाएको देखिन्छ ,नाम परिबर्तन रमेश थापा एक व्यक्ति संग हाम्रो दमक अनलाईनको कुराकानी को क्रममा उनी दैनिक ७००/१००० पारिश्रमिकमा घर घर सहयोग माग्दै हिडेको कुरा जानकारी दिए ,दैनिक सहयोग द्वारा संलग्न रकम गिरोहो प्रमुख लाई बुझाउने उनको दैनिक पेसा थियो , दैनिक बजार परिक्रमा गर्दा मात्र पनि उनीले मासिक २० देखि २५ हजार सम्म कमाएको जानकारी दिए ।
अर्का एक जना युवा संग कुरा गर्दा वहाले बताउनु भयो ३/४ दिन अघि एक अध बैस युवा छोरी बिरामी भनेर घर मा सहयोग माग्दै आएका थिए , हातमा रजिस्टर बोकेर सहयोगीहरुको नाम रकम टिप्दै पनि थिए , त्यसैले गर्दा वहा ले रु १०० दिनु भएछ , त्यसको केहि दिन पश्चात त्यहि व्यक्ति फेरी हजुरआमा बिरामी भनेर सहयोग उठाउदै आएको भेटियो त्यसबेला पनि वहाले रु १०० दिनु भएछ, त्यस पछि वहाले त्यस व्यक्तिले सोहि दिन वहाको छिमेकीको घरमा चाहि भान्जी बिरामी भनेर सहयोग मागेको भन्ने पत्तो पाउनु भए पछि आफु ठगिएको बताउनु भयो । दमकमा यस्ता ठगी गिरोहले मानब भावना संग खेलेर ठग्ने आतंकको दमक नगरपालिका एबम नगर प्रहरी कार्यलय दमकको ध्यानअकर्सन गर्न चहान्छौ ।