jQuery(document).ready(function($){ //
});

झापाको कनकाई नगरपालिका-२ धनुषकोटीधाम स्थित सुकेडाँगीमा पिकनिक खान गएका दुई पक्षबीच ग्याङ फाइट भएको छ। ग्याङ फाइट हुँदा तीन जना घाइते भएका छन्। 

सोमबार बिर्तामोड र सुरुङ्गाका युवाहरू पिकनिक खान त्यहाँ गएका थिए। मादक पदार्थ सेवन गरी ती दुई समूहका युवाहरूबीच वादविवाद भई साँझ साढे ६ बजे हानाहान भएको थियो। 

RAWA Hills Town Property

RAWA Hills Town Property

ग्याङ फाइटमा परी बिर्तामोड नगरपालिका-७ का २३ वर्षीय दीपक लिम्बु र सोही ठाउँका ३७ वर्षीय उमेश चौधरीको टाउकोमा, सोही ठाउँकै २३ वर्षीय प्रताप चौधरीको बायाँ आँखामाथि सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए।

 घाइते मध्ये उमेशको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने दीपक र लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घटना घटेलगतै इलाका प्रहरी कार्यालय अनारमनिका डीएसपी सुरज कार्कीसहितको प्रहरी टोली घटनास्थल पुगेर त्यहाँबाट सबैलाई लखेटेर भगाएका थिए।
 
घटनास्थलमा रहेका आधा दर्जन बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटना मादक पदार्थ सेवनपश्चात् भएको बताउँदै प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गिरीले भने, ‘दुवै पक्षबीच झडप भए पनि धारिलो हतियार प्रयोग गरिएको छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय