
गौरादह / धुर्मुस–सुन्तलीले माघ १३ गते झापाको गौरादहमा लायन्स कल्व अफ गौरादह युनाइटेड द्वारा आयोजित गौरादह महोत्सवमा आफ्नो प्रस्तुति दिएका छन् । सात वर्ष सम्म स्टेजबाट ओझेल परेर सामाजिक कार्यमा सक्रीय भएका धुर्मुस सुन्तलीको जोडीको फेरि स्टेजमै पुनरागमन भएको छ ।
महोत्सवमा उनीहरूले ‘मेरी बास्सै’कै चर्चित पात्र जोडी (धुर्मुस सुन्तली) पोशाकमै प्रस्तुति दिएका थिए । आफ्नो प्रस्तुती राख्नु अघि छोटो मन्तव्य राख्दै,” गौरादह र गौरादह वासीहरुलाई धन्यवाद दिँदै यो स्थान सम्म पुग्न गौरादहको ठुलो योगदान रहेको कलाकार सिताराम कट्टेललले बताए l लामो समय पछी आफ्नो जन्मथलो फर्केर साथीभाई आमाबुवा भेट्दा उनी भावुक बनेका थिए l लामो ग्यापपछि कलाकारितामा फर्किएको र अब निरन्तर स्टेजमा देखिने धुर्मुसले बताए ।
ऊनीहरू पुन:स्टेजमा फर्किए संगै यतिखेर देशभरिका विभिन्न मेला–महोत्सवमा खोज्न थालिएको छ । यसबीचमा उनीहरूको थुप्रै कार्यक्रमसमेत तय भइसकेका छन् ।