
गौरादह / आरम्भ फाउन्डेसन झापा शाखाको आयोजना तथा गौरादह आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर आइतबार सम्पन्न भएको छ ।
गौरादह नगरपालिका वडा नं. ७ स्थित श्री प्राथमिक विद्यालयमा सम्पन्न आँखा शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूले सेवा पाउनु भएको थियो l समकालीन अवस्थामा बालबालिकाको आँखामा अत्याधिक रुपमा समस्या देखिन थालेको तर आफूले व्यक्त गर्न नसकेका कारण उपचारमा ढिलाई हुनेभएकाले सो- समस्या सिर्जना हुनबाट रोक्न आँखा शिविर सञ्चालन गरिएको आरम्भ फाउन्डेसन झापाका अध्यक्ष ओम प्रकाश अधिकारीले बताए l दमक अनलाईनका सम्वाददाता सँग बोल्दै आगामी दिनमा समेत यस्ता कार्यहरूलाई अझ बढी सक्रिय रूपमा अघि बढाउने अधिकारीले बताए l
निःशुल्क आँखा शिविरमा ११० भन्दा बढी लाभान्वित भएको आरम्भ फाउन्डेसन झापाका उपाध्यक्ष एलिना खनालले बताउनुभयो । शिविरमा अनुभवी नेत्ररोग विशेषज्ञद्वारा निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
निःशुल्क आँखा जाँचका क्रममा विद्यार्थी मध्येबाट ७ जनाको आँखामा समस्या देखिएको र विद्यार्थीहरूको थप उपचारका लागि गौरादह आँखा अस्पतालमा लगिने बताईएको छ l निःशुल्क आँखा शिविरमा आवश्यक औषधिहरू पनि उपलब्ध गराइएको थियो ।